भारतमा एकैदिन १७ जनामा कोरोनाको 'ओमिक्रोन' भेरिएन्ट पुष्टि, अमेरिकाको १५ राज्यमा फैलियो



Download our app to get more features

एजेन्सी, २० मंसिर । भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेको छ ।

भारतको ४ राज्यमा गरी एकैदिन थप १७ जनामा ओमिक्रोन पुष्टि भएको छ । भारतको राजस्थानमा सबैभन्दा धेरै ९ जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको छ भने महाराष्ट्रमा ८, दिल्ली र गुजरातमा गरी १÷१ं जना र कर्नाटकमा २ जनामा हालसम्म ओमिक्रोन पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा ओमिक्रोनका कारण संक्रमित हुनेको संख्या एक दिनमा ४ बाट बढेर २१ पुगेको छ ।

मुलुकमा कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै राज्य र केन्द्र सरकारले कडाईँ गर्न थालेको छ ।

यसैबीच, अमेरिकामा पनि ओमिक्रोनका कारण मानिसहरु संक्रमित हुने दर बढेको छ । हालसम्म अमेरिकाको १५ राज्यमा ओमिक्रोन फेला परिसकेको बताइएको छ ।

Last modified on 2021-12-06 13:20:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts