विश्वभर काेराेना सङ्क्रमितकाे सङ्ख्या ३७ कराेड नाघ्यो, मृत्यु हुनेदर पनि बढ्दै



Download our app to get more features

एजेन्सी, १५ माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएदेखि दैनिक सरदर ३० लाखभन्दा बढीका दरले नयाँ सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको सङ्ख्या पनि तीव्र गतिमा बढ्दै गएको छ । झन्डै १ महिनादेखि विश्वभर दैनिक ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको छ । 

गत २४ घन्टामा मात्रै विश्वभर ३४ लाख ८ हजार १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । जबकी शुक्रवार विश्वभर ३६ लाख ८८ हजार ९ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड ३ लाख २ सय १५ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ५ लाख २२ हजार ३ सय, फ्रान्समा ३ लाख ५३ हजार ५ सय ३, ब्राजिलमा २ लाख ५७ हजार २ सय ३९, भारतमा २ लाख ३२ हजार १ सय ४२, जर्मनीमा १ लाख ८९ हजार ४ सय ६४, इटलीमा १ लाख ४३ हजार ८ सय ९८ र स्पेनमा १ लाख १८ हजार ९ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 
यस्तै पछिल्लो एक सातादेखि विश्वभर कोरोनाका कारण मृत्यु हुनेदर पनि बढ्दै गएको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु हुँदा मृत्युदर ४ देखि ५ हजार रहेकोमा त्यो सङ्ख्या एक सातादेखि १० हजार पुगेको छ । 

गत २४ घन्टामा मात्रै विश्वभर १० हजार ३ सय २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शुक्रवार पनि विश्वभर १० हजार ७ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ६८ हजार १५ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २ हजार ७ सय ३२, भारतमा ८ सय ६२, ब्राजिलमा ७ सय ७९, रुसमा ६ सय ७३, मेक्सिकोमा ४ सय ९५, अर्जेन्टिामा ३ सय ५, इटलीमा ३ सय ७८, पोल्याण्डमा २ सय ७१, कोलम्बियामा २ सय ६८ र टर्कीमा २ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर २२ लाख ६७ हजार २ सय ३ जना कोरोना सङ्क्रमण पछि निको भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २९ करोड २३ लाख ९९ हजार १ सय ७४ पुगेको छ ।एजेन्सी, १५ माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएदेखि दैनिक सरदर ३० लाखभन्दा बढीका दरले नयाँ सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको सङ्ख्या पनि तीव्र गतिमा बढ्दै गएको छ । झन्डै १ महिनादेखि विश्वभर दैनिक ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको छ । 

 

गत २४ घन्टामा मात्रै विश्वभर ३४ लाख ८ हजार १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । जबकी शुक्रवार विश्वभर ३६ लाख ८८ हजार ९ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड ३ लाख २ सय १५ पुगेको छ । 

 

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ५ लाख २२ हजार ३ सय, फ्रान्समा ३ लाख ५३ हजार ५ सय ३, ब्राजिलमा २ लाख ५७ हजार २ सय ३९, भारतमा २ लाख ३२ हजार १ सय ४२, जर्मनीमा १ लाख ८९ हजार ४ सय ६४, इटलीमा १ लाख ४३ हजार ८ सय ९८ र स्पेनमा १ लाख १८ हजार ९ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो एक सातादेखि विश्वभर कोरोनाका कारण मृत्यु हुनेदर पनि बढ्दै गएको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु हुँदा मृत्युदर ४ देखि ५ हजार रहेकोमा त्यो सङ्ख्या एक सातादेखि १० हजार पुगेको छ । 

 

गत २४ घन्टामा मात्रै विश्वभर १० हजार ३ सय २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शुक्रवार पनि विश्वभर १० हजार ७ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ६८ हजार १५ पुगेको छ । 

 

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २ हजार ७ सय ३२, भारतमा ८ सय ६२, ब्राजिलमा ७ सय ७९, रुसमा ६ सय ७३, मेक्सिकोमा ४ सय ९५, अर्जेन्टिामा ३ सय ५, इटलीमा ३ सय ७८, पोल्याण्डमा २ सय ७१, कोलम्बियामा २ सय ६८ र टर्कीमा २ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

 

यस्तै गत २४ घन्टामा विश्वभर २२ लाख ६७ हजार २ सय ३ जना कोरोना सङ्क्रमण पछि निको भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २९ करोड २३ लाख ९९ हजार १ सय ७४ पुगेको छ ।

Last modified on 2022-01-30 07:20:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts