दाङको राप्ती गाँउपालिकामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द



Download our app to get more features

दाङ, ७ माघ । दाङको राप्ती गाँउपालिकाको कार्यालयमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत अन्य कर्मचारीहरुसमेत कोरोना संक्रमित भएपछि माघ ९ गतेसम्मका लागि बन्द गरिएको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

संक्रमित कर्मचारीहरु आइसोलेसनमा बस्नु पर्ने भएकाले पालिकाले प्रदान गरिने नियमित सेवा प्रभावित भएको राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

संक्रमणको चेन तोड्न र संक्रमण न्यूनिकरण गर्न कार्यालयमा सेवाग्राहीको सम्पर्क तथा भिडभाड रोक्न आवश्यक देखिएकाले कार्यालय बन्द गनु परेको रिजालले बताए ।

बुधवार राप्ती गाउँपालिकाका ८ जना कर्मचारीसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधवार गाउँपालिकाको कार्यालयमा २७ जना कर्मचारीमा गरिएको एन्टिजेन परिक्षणमा ८ जना कर्मचारीमा संक्रमण पुष्ठि भएको थियो ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई भने एक हप्ता पहिले नै संक्रमण पुष्टि भएको थियो । हाल दुवै जना होम आइसोलेसनमा रहेका गाउँपालिकाले जनाएको छ । विहिवार दाङमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५५ जनाको पिसिआर परिक्षणमा २४ जना र ७० जनामा एन्टिजेन परिक्षणमा १८ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । दाङमा सक्रिय संक्रमितको संख्या ३ सय ९८ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts