विश्वभर काेराेना सङ्क्रमितकाे सङ्ख्या ३६ कराेड नाघ्यो, २४ घन्टामा १० हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, १३ माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३६ करोड नाघेको छ । 

पछिल्लो समय दैनिक सङ्क्रमणदर बढ्दै गर्दा ३ देखि ४ दिनमै करोडभन्दा बढी सङ्क्रमित थपिन थालेका छन् ।

गत २४ घन्टामा मात्रै विश्वभर ३५ लाख २० हजार ५ सय ४९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३६ करोड २९ लाख ३७ हजार ३ सय २३ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ५ लाख ३३ हजार ३ सय १३, फ्रान्समा ४ लाख २८ हजार ८, भारतमा २ लाख ८४ हजार ४ सय ६९, ब्राजिलमा २ लाख १९ हजार ८ सय ७८, जर्मनीमा १ लाख ८८ हजार ७ सय ५९, इटलीमा १ लाख ६७ हजार २ सय ६, स्पेनमा १ लाख ३३ हजार ५ सय ५३ र बेलायतमा १ लाख २ हजार २ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्तै गत २४ घन्टामा विश्वभर तेस्रो लहर सुरु भए यताकै धेरै मानिसको कोरोनाका कारण मृत्यु भएको छ। 

कोरोना सम्बन्धी तथ्याङ्क अद्य्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० हजार ६ सय ४२ जना को कोरोनाका कारण मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४५ हजार १ सय ७८ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ३ हजार १ सय ४३, ब्राजिलमा ६ सय ६, भारतमा ५ सय ७५, रुसमा ६ सय ५७ जना को कोरोनाका कारण मृत्यु भएको छ।

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमित मध्य २१ लाख ८५ हजार ३ सय ४४ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २८ करोड ६८ लाख ३८ हजार १ सय ८९ पुगेको छ ।

 

 

 

 

 

 

 

 

Last modified on 2022-01-28 07:32:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts