विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३० करोड नाघ्यो, थप ११ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, १९ माघ । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३० करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्य्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर २६ लाख ९८ हजार १ सय ७१ जना स्वस्थ भएका छन् । यो हालसम्मकै धेरै हो ।

कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भए यता कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या निकै सुस्त थियो। तर पछिल्लो समय कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्न थालेको छ ।

योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३० करोड १५ लाख ६५ हजार ५ सय ७१ पुगेको छ ।

यस्तै विश्वभर पछिल्लो समय कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ भने मृत्यु हुनेको सङ्ख्या बढ्न थालेको छ ।

गत २४ घन्टामा विश्वभर २८ लाख ५३ हजार ४ सय ४० जना सङ्क्रमित भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३८ करोड १७ लाख ८५ हजार ७ सय ८२ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै फ्रान्समा ४ लाख १६ हजार ८ सय ९६, अमेरिकामा २ लाख ६२ हजार ९ सय ३०, जर्मनीमा १ लाख ८३ हजार ४ सय ३४, ब्राजीलमा १ लाख ७१ हजार २८, भारतमा १ लाख ५८ हजार ५ सय ८६, रुसमा १ लाख २५ हजार ८सय ३६ र बेलायतमा १ लाख १२ हजार ४ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोरोनाको तेस्रो चरणको लहरको सुरुमा मृत्यु हुनेदर कम रहेकोमा पछिल्लो १० दिनदेखि मृत्यु हुनेको सङ्ख्या बढ्न थालेको छ । 

गत २४ घन्टामा विश्वभर ११ हजार १ सय ११ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५७ लाख ४ हजार १ सय १ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २ हजार ७ सय ६१, भारतमा १ हजार ७ सय २८, ब्राजीलमा ७ सय ६७, रुसमा ६ सय ६३, स्पेनमा ४ सय ८, फ्रान्समा ३ सय ८१, इटलीमा ३ सय ३९ जना को कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा कोरोनाको तेस्रो चरणको लहर सुरु भएपछि यो हालसम्मकै धेरै मानिसको कोरोनाका कारण मृत्यु भएको हो ।

 

 

 

 

Last modified on 2022-02-02 16:02:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts