चितवनमा अहिले कोरोना संक्रमणको अवस्था कस्तो छ ? कहाँ कति छन् सक्रिय संक्रमित ?



Download our app to get more features

चितवन, २१ माघ । चितवनमा केही दिनयता कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या घट्दै गएको छ । 

जिल्लामा केही दिनअघि ४ हजार माथि रहेको सक्रिय संक्रमितको संख्या घटेर शुक्रवार दिउँसोसम्म ३ हजार ८ सय ६५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । बुधवार जिल्लामा ४ हजार ३ सय ७७ र बिहीवार ४ हजार ७७ जना संक्रिय संक्रमित रहेकोमा शुक्रवार घटेर सो संख्या पुगेको हो ।

जिल्लामा कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा २ हजार ६ सय जना छन् । यो संख्या जिल्लामा रहेका संक्रिय संक्रमितको ६७ प्रतिशत हो ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा २ सय १८, कालिका नगरपालिकामा १ सय १, राप्ती नगरपालिकामा १ सय ६८, माडी नगरपालिकामा २ सय २५, रत्ननगर नगरपालिकामा ५ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित ५० जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो शुक्रवार दिउँसोसम्मको तथ्याङ्क हो ।

अहिले जिल्लामा सक्रिय संक्रमित मध्ये ३ हजार ८ सय २६ जना होम आइसोलेसन र ३९ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् ।

४ सय ४१ जनाको मृत्यु 

अहिलेसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ३९ पुगेको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २८ हजार ७ सय ३३ जना निको भइसकेका छन् । त्यस्तै, जिल्लाभर संक्रमित मध्ये अहिलेसम्म ४ सय ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अहिलेसम्म जिल्लाभर संक्रमित मध्ये ८७ प्रतिशत निको भईसकेका छन् । त्यस्तै, संक्रमित मध्ये ११ दशमलव ७ प्रतिशत आईसोलेसनमा छन् भने १ दशमलव ३ प्रतिशतको मृत्यु भएको छ ।

Last modified on 2022-02-04 20:04:00

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts