बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई कोरोना सङ्क्रमण



Download our app to get more features

एजेन्सी, ९ फागुन । बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बकिङ्घम राजदरवारका अनुसार महारानीलाई सामान्य चिसो लागेजस्तो लक्षण देखिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी निरन्तर स्वास्थ्य निगरानीमा रहेकी छन् ।

गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो ।

महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बताइएको छ । ९५ वर्षीया महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी हुन् ।

राजदरबारमा यसअघि प्रिन्स चार्ल्स र त्यसपछि उनकी श्रीमतीलाई कोभिड सङ्क्रमण भएको थियो ।

Last modified on 2022-02-21 12:47:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts