जर्मनीमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या बढ्दै, विश्वभर थप ११ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, ६ फागुन । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४२ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर २० लाख १७ हजार ३ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना महामारी सुरु भएको २ वर्षमा तेस्रो चरणको लहरमा सबैभन्दा बढी मानिस सङ्क्रमित हुने क्रम जारी नै रहेको छ । जसका कारण हालसम्म पनि विश्वभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या कम हुन सकेको छैन ।

गत २४ घन्टामा सबैभन्दा धेरै सबैभन्दा धेरै जर्मनीमा २ लाख २७ हजार ६ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने रुसमा १ लाख ८० हजार ६ सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

यस्तै ब्राजिलमा १ लाख २९ हजार ६ सय ६६, अमेरिकामा १ लाख ३ हजार ३ सय ७७ र जापानमा ९० हजार ५ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

जर्मनीमा पछिल्लो समय सङ्क्रमित थपिनेको सङ्ख्या बढ्दै गएको छ भने भारतमा सङ्क्रमित थपिनेको सङ्ख्या २४ हजारमा झरेको छ । कोरोना महामारीको दोस्रो र तेस्रो चरणको लहरमा भारतमा ५ लाखको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका थिए । तर, पछिल्लो एक सातादेखि भारतमा सङ्क्रमित थपिने सङ्ख्यामा कमी आउँदै गएको छ । 

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४२ करोड १ लाख ६५ हजार ६ सय २८ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर ११ हजार २ सय १२ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा २ हजार १ सय ८४ र ब्राजिलमा १ हजार १ सय २९ जनाको मृत्यु भएको छ ।

यस्तै रुसमा ७ सय ९०, मेक्सिकोमा ५ सय २०, भारतमा ४ सय ९६, दक्षिण अफ्रिकामा ४ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५८ लाख ८१ हजार १ सय २८ पुगेको छ । 

गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप २ लाख ५१ ह्जार ६ सय ५९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ३४ करोड ३९ लाख ३८ हजार ८ सय २१ पुगेको छ । 

हाल विश्वभर ७ करोड ३ लाख ४५ हजार ६ सय ७९ सक्रिय सङ्क्रमित रहेका छन् ।  
 

Last modified on 2022-02-18 11:23:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts