चितवनको १ पालिका कोरोना संक्रमणमुक्त, जिल्लामा अहिले कति छन् संक्रिय संक्रमित ?



Download our app to get more features

चितवन, १४ फागुन । चितवनमा सातवटा मध्ये एकवटा स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाकै एक मात्रै गाउँपालिका इच्छाकामनामा बुधवारदेखि कोरोना संक्रमणमुक्त भएको हो । यस पालिकामा गत चार दिनदेखि नयाँ संक्रमित थपिएका छैनन् ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?
 
शनिवारसम्मको तथ्याङ्क अनुसार जिल्लाका ३ वटा स्थानीय तहमा सक्रिय संक्रमितको संख्या समान पाँच/पाँच जना छन् । ती स्थानीय तहमा खैरहनी, कालिका र राप्ती नगरपालिका रहेका छन् ।

यसैबीच सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ८६ जना छन् । रत्ननगर नगरपालिकामा १८ जना संक्रिय संक्रमित रहेका छन् । त्यस्तै, माडी नगरपालिकामा १० जना छन् । यसरी जिल्लाभर शनिवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या १ सय २९ रहेको छ । त्यसमध्ये १ सय २३ जना होम आइसोलेसन र ६ जना अस्पताल भर्ना भई उपचाररत् रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

झन्डै ३३ हजार निको भए, ४ सय ४९ जनाको मृत्यु

जिल्लाभर अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय २९ पुगेको छ । संक्रमित हुनेमा १७ हजार ७ सय ६१ जना पुरूष र १५ हजार ७ सय ५४ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म ३२ हजार ९ सय ५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ ।

Last modified on 2022-02-27 10:24:51

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts