आज विश्व श्रवण दिवस: जानौं श्रवण शक्ति कम हुन नदिने उपायबारे
 
            काठमाडौं, १९ फागुन । आज विश्व श्रवण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
श्रवण शक्तिबारे जनचेतना फैलाउने उदेश्यका साथ हरेक वर्ष मार्च ३ तारीखमा मनाइने गरिन्छ ।
'जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौं' नाराका साथ यो दिवस नेपालमा पनि मनाइँदै छ ।
विशेष गरि मानिसको सुन्न सक्ने क्षमतासँग सम्बन्धित श्रवण शक्तिको बारेमा जानिराख्न आवश्यक हुन्छ ।
मानिसमा कम श्रवण शक्तिका खस्ता लक्षणहरू देखिन्छन्:
अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउन अनुरोध गर्नु
टेलिफोनमा कुरा गर्न गार्हो हुनु
चराचुरुङ्गीको आवाज नसुन्नु
कान कराउनु
बोलेरो सुन्नु तर नबुझ्नु
अरुसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गार्हो हुनु
रेडियो सुन्दा, टेलीभिजन हेर्दा चर्को आवाज बनाउनु
श्रवण शक्ति कम हुन नदिन के गर्ने ?
चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कानमा कपास, इयर प्लगको प्रयोग गर्ने
मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगर्ने
हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने
जथाभावी सवारी साधनको हर्न नबजाउने
ठूलो आवाज भएको ठाउँमा लामो समय नबस्ने
नियमित व्यायाम गर्ने
अरुलाई चर्को ध्वनिबाट हुन सक्ने असरबारेमा जानकारी दिने र बच्ने उपायबारे सिकाउने
क्लब, पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गर्ने
आफ्नो श्रवण शक्तिमा कमी आएको महसूस भएमा समयमै परीक्षण तथा उपचार गरौं
स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
 
                                    
 
                         
                        .jpg&w=179&h=128&static=true) 
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                