मध्य नेपालको आशाको केन्द्र भरतपुर अस्पतालले चैत २५ गते आफ्नो ५९ औँ वार्षिकोत्सव मनाउने



Download our app to get more features

चितवन, १२ चैत । चितवनस्थित सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर केन्द्रीय अस्पताल मध्य नेपालको आशाको केन्द्र बनेको छ ।

नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

यस अस्पतालको स्थापना २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । स्वास्थ्य केन्द्रबाट शुरू भएको यस अस्पताल अहिले केन्द्रीय अस्पताल बनेको छ । अस्पतालले अब आफ्नो ५९ औँ वार्षिकोत्सव यही चैत २५ गते मनाउँदै छ ।

कोरोना कहरका कारण गत दुइ वर्ष राम्रोसँग बार्षिकोत्सव मनाउन नपाएको यस अस्पतालले स्वास्थ्यका सबै मापदण्ड अपनाएर मनाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । यही चैत १६ गतेबाट शुरू हुने वार्षिकोत्सवका कार्यक्रमहरू २५ गतेसम्म १० दिन चल्ने छ ।

बार्षिकोत्सव अन्तर्गतका कार्यक्रम यस्ता छन् :
बार्षिकोत्सव  कार्यक्रम अन्तर्गत वार्षिकोत्सव स्मारिका प्रकाशन गर्ने ।  खेलकुद प्रतियोगिता तथा मनोरञ्जनका कार्यक्रम गर्ने । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने । रक्तदान कार्यक्रम सञ्चालन गर्ने । कविता वाचन, निबन्ध लेखन एवम् वक्तृत्वकला प्रतियोगिता गर्ने । सेवा निवृत्त कर्मचारीलाई सम्मान गर्ने । उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने । वार्षिकोत्सवको दिन निःशुल्क ओपिडी सेवा दिने । साथै सोही दिन बिहान भरतपुर अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क फलफूल वितरण गर्ने कार्यक्रम रहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । 

अस्पताल विकास समितिको बैठकले यसरी सञ्चालन हुन लागेको कार्यक्रमको लागि संयोजक, उपसंयोजक तथा सदस्यहरूको जिम्मेवारी सहितको उप–समिति समेत गठन गरिएको छ ।

गतवर्ष सामान्य कार्यक्रम गरे पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण दुइ वर्षअघि अस्पतालले आफ्नो  ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको थियो ।

Last modified on 2022-03-27 06:06:52

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts