चितवन पनि कोरोना संक्रमणमुक्त, स्वास्थ्य सावधानी भने जारी राख्न विज्ञको सुझाव



Download our app to get more features

चितवन, १४ चैत । चितवन जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ । भरतपुर महानगरपालिकामा रहेका १ जना कोरोना भाइरस संक्रमित निको भएसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लाका ७ मध्ये ६ स्थानीय तह यसअघि नै संक्रमणमुक्त भइसकेका थिए । जिल्लाकै एक मात्रै गाउँपालिका इच्छाकामना भने फागुन दोस्रो सातादेखि नै कोरोना संक्रमणमुक्त भएको थियो । कार्यालयको सोमबारको तथ्याङ्क अनुसार जिल्ला संक्रमणमुक्त भएको हो ।

जिल्लाभर साढे ३३ हजार बढीमा संक्रमण, ४ सय ४९ जनाको मृत्यु

जिल्लाभर अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ४८ पुगेको छ । यसरी संक्रमित हुनेमा १७ हजार ७ सय ८३ जना पुरूष र १५ हजार ७ सय ६५ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर अहिलेसम्म ३३ हजार ९९ जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सावधानी भने जारी राख्न विज्ञको सुझाव

विश्वभर कोरोना संक्रमण नियन्त्रणमा आएसँगै नेपालमा पनि प्रतिदिन संक्रमणदर घट्दो छ । चितवन जिल्ला पनि सोमबारदेखि संक्रमणमुक्त भएपनि जोखिम कायमै रहेको विज्ञले जनाएका छन् । संक्रमण नियन्त्रण तर्फ गएपनि जोखिम भने कायमै रहेको भन्दै चिकित्सकले सावधानी अपनाउन नछोड्न सबैलाई आग्रह गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-03-29 13:11:20

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts