चीनको साङ्घाई क्षेत्रमा कोरोनाका कारण तीन जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, ५ वैशाख । चीनको साङ्घाई क्षेत्रमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । 

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि साङ्घाईमा तीन साता अघि मात्रै लकडाउन गरिएको थियो । लकडाउन गरिएपछि पहिलो पटक कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।
 
समाचार संस्था एएफपीका अनुसार आइतवार एकैदिन ३ जनाको कोरोनाका कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले दिएको जानकारीमा अस्पताल पुर्याइएका तीनै जनाको अवस्था गम्भीर बनेको र उनीहरूलाई जोगाउन नसकिएको उल्लेख छ । 

साङ्घाई प्रशासनका अनुसार मृत्यु भएका तीनैजनाको उमेर ८९ देखि ९१ सम्मको रहेको उनीहरू अन्य रोगबाट पनि ग्रसित थिए ।

यसअघि मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण २ जनाको मृत्यु भएको थियो ।

Last modified on 2022-04-18 20:32:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts