विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ हजारमा झर्यो, सङ्क्रमण दर भने अझै ८ लाख



Download our app to get more features

एजेन्सी, २९ चैत । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ हजारमा झरेको छ ।

कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको बेला दैनिक झन्डै २० हजार नकिज पुगेको मृत्यु सङ्ख्या हाल २ हजारभन्दा कममा झरेको हो ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार पछिल्लो एक सातादेखि विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ हजारभन्दा कम रहेको छ ।

वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १ हजार ९ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । सोमवार १ हजार ९ सय ८ जनाको मृत्यु भएको थियो भने आइतवार २ हजार ५ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । 

हालसम्म कोरोनाका कारण विश्वभर ६२ लाख ५ हजार ५ सय २७ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै अमेरिकामा १ करोड १२ लाख २ सय ५३ जना, ब्राजिलमा ६६ लाख १ हजार २ सय ७०, भारतमा ५२ लाख १६ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाको तेस्रो चरणको लहर विश्वभर पछिल्लो समय साम्य हुँदै गएको छ । गत २४ घन्टामा ८ लाख ८४ हजार ८ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै दक्षिण कोरियामा १ लाख ८५ लाख ४ सय ९५ जनामा नयाँ सङ्क्रमित थपिएका छन् भने फ्रान्समा २ लाख ४१ हजार ६ सय ९० र जर्मनीमा १ लाख ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

हालसम्म विश्वभर ४९ करोड ९६ लाख ४५ हजार २ सय ७३ जना कोरोनाका कारण सङ्क्रमित भएका छन् भने हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ४४ करोड ९४ लाख २० हजार ५ सय ९४ जना स्वस्थ भएका छन् ।   

Last modified on 2022-04-13 16:57:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts