विदेशी चिकित्सकको नेपालमा दर्ता तथा अभ्यासको व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन : काउन्सिल



Download our app to get more features

काठमाडौं, २१ असार । नेपाल मेडिकल काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको प्रष्ट पारेको छ । 

काउन्सिलले सोमवार एक वक्तव्य जारी गर्दै स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषदबीच चिकित्सकको उपाधीको आपसी मान्यताको विषय दुबै देशका प्रधानमन्त्रीहरूको रोहवरमा भएको समझदारी अनुसार नेमेकाको २०७६ कात्तिक ५ गतेको पूर्ण बैठकले निर्णय गरी कामकारबाही अगाडी बढेको उल्लेख गरेको छ ।

यो प्रक्रियाका लागि भारतीय पक्षबाट प्रस्तावित परीक्षाको प्रावधान राखिएको र सो व्यवस्थाले विदेशी चिकित्सकको नेपालमा दर्ता तथा अभ्यासको व्यवस्थामा कुनै परिवर्तन नगरेको काउन्सिलले वक्तव्यमार्फत् प्रष्ट पारेको हो ।

काउन्सिलले यस्तो परीक्षा पूर्वयोग्यताको लागि मात्र प्रयोग हुने र परीक्षामा सफल उम्मेदवारहरू स्वतः दर्ता नहुने व्यवस्था ऐन तथा नियमावलीमा प्रष्ट उल्लेख गरिएको पनि वक्तव्यमा जनाएको छ ।


 

Last modified on 2022-07-07 07:38:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts