सक्रिय संक्रमितको संख्या ४ सय १,थप ९० जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २१ असार । देशभर थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार १ सय १२ कोरोना परीक्षण गरिएको छ। जसमा १ हजार ९ सय ४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३ जना र एन्टीजेन विधिबाट गरिएको १ हजार १ सय ६८ परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय  १ रहेको छ ।

Last modified on 2022-07-07 07:38:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts