बडी स्प्रेको दैनिक प्रयोगले 'क्यान्सरको जोखिम'



Download our app to get more features

युवा मात्रै नभई सबै उमेर समूहमा फेसनेबल देखिने रुचि हुनु स्वभाविक हो ।

फेसनेबल देखिन कतिपयले नयाँ नयाँ लुगा, मेकअप, हेयर स्टाइलका र महंगो बडी स्प्रे प्रयोग गर्ने गर्छन । कतिपयले बडी स्प्रेको वास्नाको कारण व्यक्तित्व नै झल्कने विश्वास राख्छन । कार्यालय, कलेज, सपिङ र घुमफिरका बेला प्रायः मानिसले बडी स्प्रे लगाउँछ । कतिपयले त घरै बस्दा पनि बडी स्प्रे लगाउँछन । विशेषगरी गर्मीको समयमा पसिना आउँदा शरीर गन्हाउने हुँदा बडी स्प्रेको धेरैले गर्ने गरेको पाइन्छ । जाडो पनि नुहाउन झन्झट मान्नेहरूले बडी स्प्रे प्रयोग गर्ने गर्छन् । 

बडी स्प्रे प्रयोग नगर्दा शरीरबाट आउने दुर्गन्धित पसिनाले छेउछाउमा बस्नेहरू कहिलेकाहि नाक खुम्चाउने समेत गर्छन् । तर, तपाईंले प्रयोग गर्ने बडी स्प्रे कतिको खतरनाक र हानिकारक छ ज्ञान भने राख्नु पर्छ । तपार्इं हामीले प्रयोग गर्ने बडी स्प्रेमा सिन्थेटिक नामक तत्व हुनुका साथै अन्य प्रकारका हानिकारक रसायन मिसिएको हुन्छ । दैनिक बडी स्प्रेको प्रयोगले यसमा हुने एलिमुनियमबाट शरीरमा गम्भीर असर पर्न सक्छ । बडी स्प्रे प्रायः काँखी मुनि, घाटी र छातीमा लगाउने गरिन्छ । बडी स्प्रेमा हुने एलिमुनियम, क्लोरो हाइड्रेट, एलिमुनियम जिर्कोनियमले महिलामा स्तन क्यान्सर हुनसक्छ । साथै पुरुषमा प्रोस्टेट क्यान्सर र अलजाइमर जस्ता रोग लाग्ने विभिन्न अध्ययनहरूले जनाएका छन् । 

जर्नल अफ वायोकेमेस्ट्रिले गरेको अध्ययनका अनुसार एल्युमीनियमयुक्त बडी स्प्रे प्रयोग गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना अन्य सामान्यमा भन्दा बढी हुन्छ । किनकी एलिमुनियममा भएको तयहष्अष्तथ  लगातय तत्वका कारण क्यान्सरको सम्भावना बढी हुन्छ । यसकारण बडी स्प्रेमा प्रयोग गर्नु अघि यसमा भएका रसायनका बारेमा बुझ्न जरुरी छ । साथै संवेदनशील भागमा बडी स्प्रे प्रयोग नगर्दा फाइदाजनक हुन्छ । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-10-09 07:48:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts