बंगलादेशकी पुर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश 



Download our app to get more features

ढाका,  १९ असोज । बङ्लादेशको एक उच्च अदालतले पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ । 

भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी जिया लामो समयदेखि बिरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले सरकारलाई आदेश दिएको हो । न्यायाधीश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले सरकारलाई यस्तो आदेश दिएको अधिकारीहरूले जनाएका छन् । 

पुर्वप्रधानमन्त्री जियाका समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरेका थिए । केही हप्ता पहिले नेतृ जियाले आफु अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको गुनासो गरेकी थिइन । त्यसपछि उनका समर्थकहरू थप आक्रोसित भएका थिए । 

पाँचवर्षे जेल सजाय भोगिरहनु भएकी ७३ वर्षीया जिया कारागारभित्र ह्लिचियरबाट आवात जावत गर्ने गर्थिन । अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेतृ जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन । उनले केही हप्ता पहिलो भनेकी थिइन,‘ मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।’ 

बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको आरोप लगाउँदै आएकी छिन् ।  बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरूपयोग अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले नेतृ जियाका चार जना सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts