भारतका विभिन्न १८ कम्पनीका २७ औषधि गुणस्तरहिन (सूचिसहित)



Download our app to get more features

एजेन्सी । भारतका विभिन्न १८ वटा कम्पनीले उत्पादन गरेको औषधि गुणस्तरहिन पाइएको छ । 
भारतका सात राज्यको औषधि नियन्त्रकहरुका अनुसार १८ ठुला कंम्पनीका २७  औषधिहरुले खराब गुणस्तर, गलत लेबलिंग ,गलत मात्रामा सामाग्री मिसावट, रंग उड्ने, औषधि नघुलिने जस्ता समस्या देखिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । 

भारतका चर्चित कम्पनीहरु एबट इंडिया, ग्लेक्सो स्मिथकलाइन (जीएसके) भारत, सुर्य फार्मा, सिप्ला तथा ग्लेनमार्क फार्मा रहेका छन् । गुणस्तरहिन पाइएका मध्ये आठवटा औषधिहरु बढी बिक्रि हुने गरेका छन् । १८ वटामध्ये अहिलेसम्म दुई कम्पनीहरुले मात्र रिपोर्ट गरेको छन् की उनीहरुले गुणस्तरमा प्रश्न उठेका औषधिहरुको बिक्रि राकेका छन् । 
यी औषधिको गुणस्तरमा प्रश्नहरु उठाइएको छ ।
एबर्ट इन्डियाको एन्टिबायोटिक पेन्टाइड्स, एलेम्बिक फार्माको एन्टी ब्याक्टेरियल औषधि एल्थ्रोरियल, कैडिला हेल्थ केयरको माइग्रेनको औषधि वासाग्रेन, ग्लेनमार्क फार्माको कफ खोकी सिरप, एसकारिल,जीएसके  भारतको वर्म इनफेक्सन को औषधि जेन्टल, टारट फर्माको उच्चरक्तचापको औषधि डिलजेम, सनोफी सिंथेलेबाको एन्टी इन्फलमेटरी औषधि मायारिल पनि रहेको छ ।
महाराष्ट्र,कर्नाटक,पश्चिम बङ्गाल, गोवा, गुजरात, केरला र आन्ध्र प्रदेशका औषधि नियमक संस्थाका अनुसार यी २७ औषधिको परीक्षण गरिएको थियो । १० अन्य कम्पनीहरु एल्केम ल्याब, कौडिला हेल्थकेयर, सिपला, एमक्योर ड्रग, हेटेरो ल्याब, मोरपेन ल्याव, मेक्याड्स डी एस फार्मा, रवि फार्मा, वाँकहाड फार्मा र जायडस हेल्थकेयरले गुणस्तरहिन औषधि बिक्री गरेको आरोप लगाइएको छ । इण्डियन एक्सप्रेसले गुणस्तरहिन उत्पादन सम्बन्धी सोधेको प्रश्नमा आठवटा कम्पनीले मात्र जवाफ दिएका छन् ।

उनीहरुले औषधि अनाधिकृत वितरकबाट लिइएको, औषधिमा लेबलको लागी कुनै आवश्यकता नपर्ने, नक्कली औषधिको परीक्षण गरिएको जस्ता कारण दिइएका छन् । 

महाराष्ट्र औषधि नियन्त्रकको अनुसार, एल्किहेब ल्याबको क्लवमेट बोली बिड सीरपको गुणस्तरमा खराबी थियो । यसमा आवश्यकभन्दा बढी क्लोभनिक एसिड थियो । यो औषधि वार्षिक रुपमा २५७.३२ करोडको बिक्री हुन्छ । गुजरात फार्मास्युटिकल नियन्त्रकद्धारा गरिएको परीक्षणमा जीएसकेको उत्पादन फ्याक्सिनमा उल्लेख गरिएकोे तुलनामा कम साइफाक्सिन मिसाइएको थियो ।

त्यस्तै गुजरातको कैडिला हेल्थकेयरमा उच्च रक्तचापको लागी बनाइएको औषाधि एम्लोमेडमा अप्रिलमा मात्र दुईपटक कमजोरी पाइएको थियो । नियामकका अनुसार सो औषधिको लेवलमा देखिएको मात्रा को केवल ५३.४ प्रतिशत एम्लोडिपीन साल्ट राखिएको थियो । कर्नाटक र महाराष्ट्रमा जेडस हेल्थकेयरको डेयुरेसन र माइफेस्टर किटको गुणस्तर कम भेटियो । त्यस्तै, कर्नाटकका कैडिला फार्माको औषधि पोलीकेपमा गुनासो आएको थियो । त्यस्तै सिप्लाको फोकब्याक्टेर, साइप्लोरिक,ओमेमिप डी र डेल्भाको कारण बंगाल, आन्ध्र प्रदेश, गुजरात र केरलामा समस्या देखिएको थियो । औषधिको गुणस्तरमा गुजरातको ड्रग नियामकले प्रश्न गरेको हो । हेटेरो ल्याव्सको रेबलेट र प्लावास माथि बंगाल र महाराष्ट्रमा प्रश्न उठाइएको छ भने सन फार्मा को फेरिनालाई  लिएर कर्नाटक र वाकहार्डको एनप्रिलमाथि महाराष्ट्रले प्रश्न उठाएको छ । यी सबै कम्पनीका औषधिहरु नेपालमा पनि बिक्रि हुन्छन् । यी औषधिहरुमाथि नेपालको औषधि व्यवस्था विभागले पनि अुनसन्धान गर्नुपर्ने औषधि विज्ञहरुले बताएका छन् । 


 

Last modified on 2018-10-06 07:07:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts