जीकाका कारण जयपुरमा ९४ जना प्रभावित



Download our app to get more features

भारत (राजस्थान), १ कात्तिक । राजस्थानको राजधानी जयपुरमा जीका भाईरसको संक्रमणका कारण ९४ जना प्रभावित भएका छन् । 

चिकित्सा एवं स्वास्थ्य विभागका अतिरिक्त मुख्य सचिव वीनू गुप्ताको अध्यक्षतामा भएको समिक्षा बैठकमा प्रभावित भएकाहरुको बारे जानकारी गराइएको छ । विभागका एक अधिकारीका अनु्सार जीका संक्रमणका कारण प्रभावितहरुमध्ये तीन चौथाई बिरामी स्वास्थ्य उपचारपछि निको भएका छन् ।

समीक्षा बैठकमा संक्रमण फैलनबाट रोक्नका लागि अपनाउन सकिने उपायका बारेमा पनि छलफल भएको जनाइएको छ । 

जयपुरमा जीका संक्रमणका कारण शास्त्री नगरका वासिन्दा बढि प्रभावित भएका छन् । 
 

Last modified on 2018-10-18 17:45:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts