दिल्लीको हावा स्वास्थ्यका लागि हानिकारक



Download our app to get more features

नयाँदिल्ली, ५ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर कमजोर र स्वास्थ्यको लागि हानिकारक रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २ सय अङ्क भन्दामाथि रहेको छ । 

वायु गुणस्तर सूचक (एक्यूआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ । 

वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म मध्यम, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० भएमा ज्यादै कमजोर तथा ४०१ देखि ५०० भएमा गम्भीर मानिन्छ । 

द्धारकामा वायुको गुणस्तर ३६१ र नाडेलाको ३०० रेकर्ड गरिएको थियो । छिमेकी राज्यहरु पन्जाब र हरियणामा नियमित रुपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्ली र एनसीआरमा वायुको गुणस्तर खस्किएको हो । त्यस्ता वस्तु बाल्न निषेध गरिए पनि कृषकहरुले अझै रोकेका छैनन् किनभने उनीहरुसँग अन्य उपयुक्त विकल्प उपलब्ध छैन । उनीहरुले आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनका कारण नयाँदिल्लीमा प्रदूषण बढेको आरोप लगाउँदै आएका छन् । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts