वायु प्रदुषणका कारण विश्वमा बर्षेनी ६ लाख बालबालिकाको मृत्यु



Download our app to get more features

जेनेभा, १२ कात्तिक । हरेक बर्ष विश्वभरका करिब ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका ६ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ । 
संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ । 

प्रदुषणका कारण बार्षिक ६ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा जनाइएको छ । ‘यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्च्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,’ डब्लुएचओले भनेको छ । तथ्याङ्क अनुसार प्रत्येक १० मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ । 

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक १० मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ । वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो । रासस

Last modified on 2018-10-30 14:26:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts