जर्मन नर्सद्वारा एक सय बिरामी मारेको स्वीकार



Download our app to get more features

जर्मनी, १५ असोज । जर्मनीका एक पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका एक सय बिरामी मारेको स्वीकार गरेका छन् । दोस्रोे विश्वयुद्धपछिको सबैभन्दा ठूलो मानिएको क्रमबद्ध रूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा सो कुरा स्वीकारेका हुन् । 

अन्य बिरामीको हत्या गरेको अभियोगमा यस अघि नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगेलले आफूले जानानान औषधिको अधिक मात्रा दिएर बिरामीलाई मारेको बताएका छन् । बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफुले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताए । स्वास्थ्य कानूनले सो कार्यलाई अवैध मान्छ । 

उत्तरी शहर ओलडेनबर्गमा सुनुवाईको पहिलो दिन गत मंगलबार न्यायाधीश सेवास्टियन बुहेरम्यानले के उनीमाथि लगाइएको आरोपहरू सही हुन् ? भन्ने जिज्ञासामा होएगेलले सो दावी सही भएको बताए । 
‘त्यो भएको हो,’ मृतकका दर्जनौँ शोकमग्न आफन्तहरूले भरिएको अदालतको कोठामा उनले भने । सुनुवाई शुरू भएपछि न्यायाधीश बुहेरम्यानले सुनुवाईको प्रमुख उद्देश्य भनेको अस्पताललाई हत्याविरोधी स्थान बनाउने रहेको बताए । जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापर्बाहीका कारण भएका दुःखद घटनामाथि छानबिनरहित अवस्थामा छोड्नुको सट्टा कानूनी फैसला दिने उद्देश्यले सुनुवाई भएको उनले बताए । ‘हामीले सत्य पत्ता लगाउन सम्भव भएसम्म कोशीस गर्ने छौँ,’ उनले भने ‘यो प्रकाश नछिर्ने घरको अध्यारो कोठाजस्तो थियो । अध्यारोमा उज्यालो भर्न हामीले चाहेका छौँ ।’ 

पीडितहरूको एक मिनेट लामो निःशब्दतापछि दारीवाल होएगेलले धैर्यसाथ सुन्दै आफ्नो टाउको झुकाएका थिए । जब सरकारी अभियापनकर्ता डानियल स्कीरेक बोहलम्यानले अस्पतालको लपर्बाहीका कारण मारिएका सबैको नाम पढेर सुनाएका थिए । अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओलडेनबर्गस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनााई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो । 

होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका एक सय ३० शबलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । हत्या दावी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमति बिना नै अस्पतालले मारेको दावी गरे ।  ‘तपार्इं सरलक होम्स बन्नु हुँदैन पीडितलाई न्याय दिलाउन र यस किसिमका घटना हुनबाट रोक्न आवश्यक सबै कदम चाल्नुपर्छ’ मारबाकले भने । एएफपी
 

Last modified on 2018-11-01 14:14:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts