भारतमा मुखको क्यान्सरका बिरामी ११४ प्रतिशतले वृद्धि : अध्ययन



Download our app to get more features

एजेन्सी, ३० कात्तिक । भारतमा ६ वर्षयता मुखको क्यान्सरका बिरामीको संख्या तिव्र गतिमा बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । यो अवधिमा भारतमा मुखको क्यान्सरका बिरामी १४४ प्रतिशतले वृद्धि भएको अध्ययनहरुले जनाएका छन् ।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आसिएमआर) को क्यान्सर सेन्टरका निर्देशक डा. रवि मेहरोत्राका अनुसार सन् २०१२ मा भारतमा मुखको क्यान्सर ५६ हजारमा देखिएको थियो । यो संख्या सन् २०१८ मा करिब एक लाख पुगेको छ ।  

भरतमा मात्रै नभएर विश्वभर मुखको क्यान्सरका बिरामीको संख्या बढेको अध्ययन प्रतिवेदनहरुले उल्लेख गरेका छन् । ६ वर्षयता संसारभर मुखको क्यान्सरको बिरामी १५ दशमलब ७ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्रिय क्यान्सर रोकथाम, राष्ट्रिय परिषद् र बुधबार जारी भारतीय अनुसन्धान परिषद्का अनुसन्धानकर्ताहरुले सन् २०१२ मा क्यान्सर सम्बन्धी बिरामीको संख्या करिब १० लाख भएको जनाएका थिए । तर, २०१८ मा यो संख्या साढे ११ लाख पुगेको छ ।
क्यान्सरबाट मृत्यु हुने १२ प्रतिशतले बढे 
मुम्बइको परेलस्थित टाटा मेमोरियल अस्पतालका विशेषज्ञहरु भन्छन् की क्यान्सर निदान र सुधारका लागि आमनागरिकमा प्रर्याप्त प्रविधि छैन । तथापि नयाँ डाटा अनुसार क्यान्सरबाट मृत्यृ हुनेको संख्यामा १२ प्रतिशतले वृद्धि भएको छ । सन् २०१२ मा क्यान्सर सम्बन्धी मृत्युको संख्या ७ लाख थियो र सन् २०१८ मा यो संख्या वृद्धि भइ ७ लाख ८० हजार पुगेको छ ।

मुख क्यान्सरका घटना निरन्तर वृद्धि
सन् २०१२ र २०१८ को बीचमा मुखको क्यान्सरबाट ८० हजारले ज्यान गुमाएका छन् । जुन कम जस्तो लाग्न सक्छ तर आईएमआरको क्यान्सर सेन्टरका निर्देशक डा. रवि मेहरोत्राले यसले हड्डी र मौखिक गुफाको क्यान्सरको सम्बन्ध जनाउने बताउँछन् ।
सन् २०१२ मा ओठ र मुख, गर्भाशय क्यान्सरको अवस्था ५६ हजार थियो । सन् २०१८ मा यसको संख्या एक लाखसम्म बढ्यो । यसबाहेक, शहरी जीवनशैलीसंग सम्बन्धित स्तन क्यान्सरको मामलाहरुमा पनि ११ प्रतिशतले वृद्धि भएको छ । सन् २०१२ मा स्तन क्यान्सर १ दशमलब ४ लाख थिए, र सन् २०१८ मा १ दशमलब ६ लाख पुगेको छ ।
सर्वाइकल क्यान्सर भने २१ प्रतिशत कम भएको छ डा. मेहरोत्रा भन्छन्, मानिसमा जागरुपता, राम्रो स्क्रीनिंग र उपचार सुविधाहरू पाउनु, प्रारम्भिक उमेरमा विवाहित हुनु, गर्भावस्था घटाउनाले र सरसफाईमा ध्यान दिएकोले संक्रमणको संख्या घट्दै गएको हो ।  यसकारण सर्वाइकल क्यान्सरको उन्मुलनमा कमी भएको हो । सर्वाइकल क्यान्सरका अवस्थाहरु २१ प्रतिशतले कमी भएको छ ।
 

Last modified on 2018-11-17 10:06:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts