अमेरिकाको मर्सी अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु



Download our app to get more features

बीबीसी, । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको ज्यान गएको छ ।

मारिनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयं बन्दुकधारी छन् ।

गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले बताएका छन् । बन्दुकधारीले नै आफैँले आफ्नो ज्यान लिए वा नलिएको प्रस्ट हुन सकेको छैन ।

अर्का प्रहरी अधिकारीतिर चलाइएको एउटा गोली उनको बन्दुकमा अड्किएपछि उनी घाइते भएका छन् ।

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ ।

यद्यपि उनको गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ । 

स्थानीय समय अनुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा घटना भएको हो ।
 
शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो ।
 
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयं अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।
 

Last modified on 2018-11-21 06:54:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts