थाइल्याण्डमा सुर्तीजन्य पदार्थको सादा प्याकेजिङ सुरु, विश्व स्वास्थ्य संगठनद्वारा प्रशंसा



Download our app to get more features

एजेन्सी, २ पुस । सुर्तीजन्य पदार्थ नियन्त्रणमा थाइल्याण्डले चालेको प्रयासलाई विश्वस्वास्थ्य संगठनले प्रशंसनीय कार्य भनेको छ । थाइल्याण्डले एसियाली क्षेत्रमा नै पहिलो पटक सुर्तीजन्य पदार्थको प्याकेटमा स्पष्ट सन्देश र सादा प्याकेजिङ गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसरी सुर्तीजन्य पदार्थविरुद्ध सादा तर स्पष्ट रुपमा शन्देस दिने न्यून तथा मध्यम आय भएका एसियाली देशहरु मध्ये थाइल्याण्ड पहिलो भएको स्वास्थ्य संगठनको भनाई छ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी क्षेत्रीय निर्देशक पुनम क्षेत्रपालले भनेकी छन्, ‘थाइल्याण्डले सूर्तीविरुद्ध चालेको कठोर तर महत्वपूर्ण निर्णयले सो देशबासीको स्वास्थ्य र आयस्तरमा सुधार हुनेछ ।’ उनले थाइल्याण्डले अघिल्लो सातादेखि चालेको सुर्तीविरुद्धको योजनाप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएकी छन् । 

थाइल्याण्डले सूर्ती नियन्त्रण ऐन २०१७ अनुसार २० वर्ष भन्दा कम उमेरका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक, एक थान मात्रै चुरोट किन्न बन्देज र सूर्तीजन्य पदार्थको विज्ञापन गर्न रोक लगाएको छ । सादा प्याकेजिङ अन्तर्गत सुर्तीजन्य पदार्थलाई रंगिन कलेबरमा प्याकेजिङ गर्न नपाइने, सूर्ती प्रयोगले हुने जोखिम स्पष्ट उल्लेख गर्नुपर्ने, सुर्तीजन्य पदार्थ उत्पादक र ब्राण्डको पहिचान स्पष्ट गर्नुपर्छ ।  

थाइल्याण्डको कानुन अनुसार सेप्टेम्बर २०१९ देखि सबै सुर्तीजन्य पदार्थको प्याकेज सादा हुनेछन् । यद्यपि, थाइल्याण्डका ८५ प्रतिशत सुर्ती उत्पादकले यो नियम पालना गर्न थालिसकेका छन् । विश्व स्वास्थ्य संगठनले थाइल्याण्डको यो प्रयास सतप्रतिशत सफल हुने विश्वास व्यक्त गरेको छ । जसले थाइ नागरिकको सुर्तीजन्य पदार्थ उपभोगमा तिव्र गिरावट हुने जनाइएको छ ।  थाइल्याण्डमा ११ मिलियन व्यक्तिले सुर्तीजन्य पदार्थ उपभोग गर्छन ।     


 

Last modified on 2018-12-18 16:48:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts