यसरी फुल्याउनुहोस् रोइरहेको शिशुलाई 



Download our app to get more features

बीबीसी, १० पुस । शिशुहरुलाई रुनबाट रोक्ने एउटा तरिका छ । शरीरको कुनै भागमा दुखेर रोइरहेका बच्चालाई यो तरिकाबाट खुसी बनाउन सकिन्छ । 

  • बिस्तारै सुम्सुम्याउने ।
  • निश्चित गतिमा सुमसुमाउँदा उनीहरुमा पीडा कम हुने अध्ययनहरुले देखाएको छ । 
  • करिब ३ सेमी प्रतिसेकेण्डको गतिमा सुम्सुम्याउनु पर्छ । तर चिन्ता नमान्नुहोस् आमाबुबाले यो गति मा नै सुम्सुम्याउने गर्छन । यस्तो मसाजले उनीहरुको पीडासँग जोडिएका गतिविधि कम गर्छ ।
  • बच्चालाई बिस्तारै सुम्सुम्याउँदा उनीहरूको मस्तिष्कमा पीडासम्बन्धी गतिविधि कम हुन्छ ।

अक्सफोर्ड विश्वविद्यालय तथा लिभरपुल जोन मुर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबारे ३२ शिशुको रगतको नमुना सङ्कलन गरी परीक्षण गरेका थिए । एउटा निश्चित गतिमा सुम्सुम्याउँदा नवजात शिशुमा पीडा कम भएको परीक्षणमा पाइएको थियो ।
 

Last modified on 2018-12-26 15:42:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts