बलिउड कलाकार कादर खानको निधनबारे फैलिएको हल्ला झुठो भएको छोराले गरे पुष्टि



Download our app to get more features

भारत, १६ पुष । बलिउडका चर्चित कलाकार कादर खानको निधनलाई लिएर फैलिएको हल्ला झुठो रहेको उनको छोरालो पुष्टि गरेका छन् । 

पछिल्लो केहि समयदेखि बलिउडका चर्चित हास्य कलाकार, लेखकका रुपमा आफूलाई स्थापित गराएका कादर खान बिरामी भएर अस्पतालमा उपचाररत छन् । भेन्टिलेटरमा राखेर उपचार भइरहेको कुरालाई लिएर विभिन्न सञ्चार माध्यमहरुले खानको निधन भइसकेको खबर प्रकाशन गरेपछि छोरा सर्फराजले यी सब खबर झुठो भएको बताएका छन् । उनका अनुसार क्यानेडाको एक अस्पतालमा बुबाको उपचार भइरहेको छ । 

कादर खानलाई स्वास फेर्नमा समस्या हुनुका साथै निमोनिया पनि भएकोले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको डाक्टरहरुले बताएका छन् । 

कादर खानको स्वास्थ्य सुधारका लागि बलिउडका कलाकारहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  

Last modified on 2019-01-02 14:23:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts