अस्पतालभित्र अनशन नबस्न शिक्षण अस्पताल प्रशासनको अपिल



Download our app to get more features

काठमाडौँ १४ माघ  । नेपाल चिकित्सक संघले आमरण अनशनरत डा। गोविन्द केसीको समर्थनमा शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रिले अनशन थालेकै दिन शिक्षण अस्पतालले अपिल टाँसेर अस्पताल परिसरमा अनशन नबस्न भनेको छ । 
गत पुुस २५ गतेदेखि अनसनमा बसेका डा। गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले अस्पताल परिसरमै रिले अनसन सुरु गरेपछि अस्पतालले अनशन लगायत कुनैपनि आन्दोलनका कार्यक्रम नगर्न अपिल गर्दै राज्यका विभिन्न निकायलाई बोधार्थ पठाएको छ । अपिलपत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्रिभूवन विश्वविद्यालय लगायत सम्बन्धित निकायलाई पठाइएको छ । 

अस्पताल परिसरमा हुने अनसन, रिले अनसन, विरोध प्रदर्शन जस्ता कार्यहरुले सर्वसाधारण जनतालाई स्वास्थ्यपोचार सुविधा प्रदान गर्न समस्य हुने अपिलमा भनिएको छ । 
 
‘ शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना विरोध, वन्द हडतालको कार्यक्रम नराखिदिनुहुन अपिल गर्दछौं ।’

साथै देशको ऐन नियम एवं चिकित्सकीय नैतिक दायित्वअनुरुप नै सदाझैं स्वास्थ्योपचारको सेवा प्रदान गर्न समेत अस्पतालले सबै चिकित्सक तथा कर्मचारीलाई अपिल गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts