विशाक्त रक्सि सेवनका कारण भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा मर्नेको संख्या ६४ पुग्यो



Download our app to get more features

काठमाडौं २६ माघ ।  भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा विशाक्त रक्सि सेवनका कारण मर्नेको संख्या ६४ पुगेको छ ।
यी दुई राज्यको मेरठ, सहारनपुर, रुकोकी र कुशिनगरमा विशाक्त रक्सि पिएको कारणले मृत्यु हुने संख्या ६४ पुगेको हो ।  

उत्तर प्रदेश सरकारका अनुसार, विशाक्त रक्सिका कारण मृत्यु भएकाअधिकांश मानिस मरेको मान्छेको संस्कारमा सहभागि भएका थिए ।

मृतकको सङ्ख्या अझ बढ्न सक्ने भारतीय प्रहरी अधिकारीहरुले बताएका छन् । उत्तर प्रदेश सरकारका अनुसार मान्छे मरेको संस्कारमा सहभागि हुन गएका व्यक्तिहरुको विषालु रक्सी पिउनाले मृत्यु भएको हो ।

३० जना भन्दा बढि बिरामी भएका छन् । बिरामीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् 

Last modified on 2019-02-10 06:52:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts