शरीर बाहिर मुटु भएकी शिशुको सफल संघर्ष



Download our app to get more features

बिबिसी, २७ माघ । भ्यानेलप होप विल्किन्स जन्मदै शरीर बाहिर मुटु लिएर जन्मिइन् । किनभन् उनको शरीरमा छातीको महत्वपूर्ण हड्डी ब्रेस्टबोन नै थिएन । उनको तीनवटा शल्यक्रिया गर्नु पर्यो ।

जन्मेको १४ महिनासम्म त उनी अस्पतालनै बसिन् । र अब उनी अन्तत डिस्चार्ज भएर घर पुगेकी छन् । आमाबुबा निकै खुसी भएका छन् । उनको मुटुलाई ठिक ठाँउमा अड्याएर राख्न तीनवटा शल्यचिकित्सा गर्नु पर्यो । 

'उनी योद्धा हुन् । यो प्रमाणित भयो । उनी अझै लडिरहेकी छन् । हामीपनि उनीसंग लडिरहने छौं ।' बुबा डिन विल्किन्स ले भने 

१४ महिनासम्म अस्पतालमै रहनुपर्दा भ्यानेलपका आमाबुवाले उनका जटिल आवश्यकताहरु प्पुरा गरे । र उनको घरफिर्तीको तयारी पनि गरे । 

आमा नाओमी फिन्ड्ले भनिन् 'यो उत्साहजनक छ । तर चुनौतीपूर्ण  पनि छ । यो सबै अब हामीमा निर्भर छ ।'
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts