प्यानक्रियाटिक क्यान्सरले लियो गोवाका मुख्मन्त्री पर्रिकरको ज्यान



Download our app to get more features

भारत, ४ चैत । भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ । 

नक्रियाटिक क्यान्सरकाका विगत एक वर्षदेखि ग्रसित पर्रिकरको हिजो अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

भारतीय जनता पार्टीका तर्फबाट गोवाको मुख्यमन्त्री बन्नुभएका पर्रिकर आईआईटी इन्जिनियर थिए ।

उनको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द मोदीले दुःख व्यक्त गरेका छन् । 

पर्रिकरको निधनपछि आज भारतमा राष्ट्रिय शोकको घोषणा गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts