विश्व क्षयरोग दिवस

के हो एमडीआर टिवी ? कति छन् नेपालमा यस्ता रोगी ?



Download our app to get more features

काठमाडौं, १० चैत ।  बहुऔषधि प्रतिरोधी क्षयरोग अर्थात मल्टी ड्रग रेसिस्टेन्ट (एमडिआर) टिवी विशेषगरी सामान्य क्षयरोगको पहिलो अवस्थामा पूर्ण उपचार नगराए वा औषधि विचमा छाडेमा हुनसक्ने चिकित्सकहरुले बताएका छन् । 

क्षयरोगीका बिरामीले जति औषधि खानुपर्ने हो, सो अनुसार औषधिको सेवन नगरे एमडिआर टिवीले सताउने चेष्ट फिजिसियन डा. सुबेस के कायस्थले हाम्रो डक्टरलाई बताए । 

‘औषधिको गुणस्तर कम, प्रेस्किप्सनमा औषधि लेखाईमा गडबढ र नियमित औषधिको सेवन नगरेमा एमडिआर टिवीको जोखिम हुन्छ’, उनले भने । 

कायस्थका अनुसार धेरैजसो फोक्सोलाई प्रभावित गर्ने क्षयरोग ‘माइक्रोव्याक्टेरियम ट्युवरक्लोसिस’ व्याक्टेरियाबाट हुन्छ । ‘क्षयरोग उत्पन्न गर्ने यो व्याक्टेरिया एन्टिमाइक्रोविय औषधिप्रति प्रतिरोध उत्पन्न गरे एमडिआर टिबी उत्पन्न हुन्छ’, डा कायस्थले भने ।

यो अवस्थामा क्षयरोगको जिवाणु विरुद्ध केहि खास र अत्यन्त प्रभावशाली ‘रिफाम्पिसिन’ र ’आइसोनाइज्ड’ औषधिले पनि काम गर्न छोडने डा कायस्थ बताउँछन् ।

उनका अनुसार एमडिआर टिवी भएका रोगीको संसर्गमा रहने व्यक्तिमा भने सिधैं एमडीआर जिवाणु सर्छ । उनले थपे ‘ एमडिआर टिवीका रोगीले हाच्छ्यु गर्दा, खोक्दा १ सय किसिमका ब्याक्टेरिया हावाका माध्यबाट फैलिएर यो जिवाणु सर्छ ।’ साथै यस्तो रोग जनावरमा पनि देखापर्ने हुँदा, जनावरले स्वासप्रश्वास गर्दा पनि यस्ता जिवाणु सर्ने डा. कायस्थले जानकारी दिए । 

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएमा यो रोग चाडो सर्ने गर्दछ ।  ‘अझै एचआइभी संक्रमित व्यक्तिमा यसको जोखिम बढी हुन्छ’ , डा. कायस्थले भने।

एमडिआर टिबीको उपचार महंगो रहेको डा. कायस्थले बताए । ‘एमडीआर टीबि लागेको मानिसलाई पूर्ण रुपमा निको हुन ७ देखि ८ लाख खर्च हुन्छ’, उनले भने ।

उनले एमडीआर टिबीपूर्ण रुपमा निको हुन १८ देखि २४ महिनासम्म औषधिको सेवन गर्नुपर्ने बताए ।

 डा. कायस्थ भन्छन्, ‘यो आषधि खाने प्रक्रिया लामो र छोटो छ, नेपालमा पनि छोटो प्रक्रिया थालिसकेको हुँदा अब ९ देखि १२ महिनासम्म यो औषधिको सेवन गर्न सकिन्छ ।’ 

‘नेपालका दुर्गम भेकमा पनि यस्तो रोगको परीक्षण गर्ने जीनएक्सपर्ट’ नामक प्रविधि आइसकेको हुँदा क्षयरोगको शंका लागे सुरुको अवस्थामा सो प्रविधिबाट खकार जाँच गराउन सकिन्छ’, उनले भने । 

 यस्तो प्रविधि नेपालमा पनि भित्रिसकेको  हुँदा आममानिस यस्तो रोगबारे अगाडि नै सचेत हुने र समय–समयमा परिक्षण गरिरहन डा. कायस्थले सुझाव दिए । हाल नेपालमा एमडिआर टिबीका रोगी बढ्दोक्रममा रहेको बताउँदै उनले यस्ता रोगबाट सचेत हुन सुझाए ।

‘क्षयरोगको प्रारम्भिक अवस्थामा सहि र पूर्ण उपचार गरे औषधि प्रतिरोधी हुने अवस्थाबाट जोगिन सकिन्छ, उनले भने ‘एमडीआर  टिवीको फैलावट रोक्न क्षयरोगको पहिलो अवस्थामै पूर्ण उपचार हुनपर्छ ।’

Last modified on 2019-03-29 20:11:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts