क्राइस्टचर्च मस्जिद आक्रमणका आरोपितको मानसिक स्वास्थ्य परीक्षण गर्न न्यूजिल्यान्ड अदालतको आदेश



Download our app to get more features

बीबीसी, २३ चैत । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिद गत महिना गरिएको आक्रमणका प्रमुख आरोपितको मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश दिइएको छ ।

मुद्दाको सुनुवाइका लागि मानसिक रूपमा उनी स्वस्थ्य रहे वा नरहेको अथवा विक्षिप्त रहेको कुराको विज्ञहरूले निर्क्योल गर्नुपर्ने उच्च अदालतका न्यायाधीश क्यामरुन म्यान्डरले बताए ।

मुख्य आरोपितमाथि ५० वटा हत्याको र ३९ वटा हत्याको प्रयास गरेको आरोप छ ।

आरोपित अस्ट्रेलियाका २८ वर्षीय नागरिक ब्रेन्टन टारेन्ट भिडिओ लिङ्कमार्फत् देखिँदा पीडितका आफन्तहरू उपस्थित भएको अदालतको कक्ष खचाखच भरिएको थियो ।

आफूमाथि लगाइएका अभियोगविरुद्ध उनले निवेदन दिन पाएनन् ।

न्यूजिल्यान्डमा भएको त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण थियो ।

अहिले उनलाई न्यूजिल्यान्डको सबैभन्दा कडा मानिने अकल्यान्ड कारागारमा छुट्टै राखिएको छ ।

Last modified on 2019-04-06 12:26:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts