चीनको पहिलो टेस्ट ट्यूब बेबीले जन्माइन् बच्चा



Download our app to get more features

चीन, ७ वैशाख । टेस्ट ट्यूब बेबी प्रक्रियाबाट जन्मेकी एक महिलाले एक बच्चालाई जन्म दिएकी छन् ।

चीनकी पहिलो टेस्ट ट्यूब बेबी झेङ्ग मेङ्झूले सकुशल एक छोरोलाई जन्म दिएकी हुन् । उक्त कुराको जानकारी चीनको पीकिंग यूनिभर्सिटी थर्ड अस्पतालले दिएको छ ।

समाचार एजेन्सी सिन्हुआका अनुसार, झेङ्गको जन्म १० मार्च १९८८ मा झाङ्ग लिझुको मद्दतबाट भएको थियो । झाङ्ग, टेस्ट ट्यूब बेबी प्रक्रियामाथि अनुसन्धान गरिरहेको टोलीको नेतृत्वकर्ता डाक्टर थिए ।

झेङ्गले सोमबार बिहान ८ बजेर ३४ मिनेटमा शल्यक्रियाबाट बच्चालाई जन्माएकी हुन् । अस्पतालका प्रमुख कियाओ जीले झेङ्गको बच्चाको सफलतापूर्वक प्रसव चीनको प्रजननको इतिहासमा नयाँ बनेको छ ।
 

Last modified on 2019-04-20 14:52:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts