बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन



Download our app to get more features

दाङ, ९ असार । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

पखाला र ज्वरोका कारण अस्पताल भर्ना भएकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीया भिमी सारुमगर को सोमबार मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । 

शनिबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको साढुको आइतबार दिउँसोसम्म स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको थियो ।

तर, राति १ बजेबाट सारुको पिसाब रोकिएर छटपटाउन थालेको मृतकका श्रीमान टिकाराम साढुले बताए ।

‘आइतबार दिँउसोसम्म उनी धेरै तंग्रिएकी थिइन् । राति १ बजेबाट पिसाब रोकिएर छटपटाउन थालिन् । ’  उनले भने ‘हामीले नर्सहरुलाई डाक्टर बोलाइदिन आग्रह गर्यौं । तर कोही पनि आएन । बिहान ८ बजे उनको मृत्यु भयो ।’

मृतकको शव अस्पतालको जनरल वार्डबाट उठाइएको छैन् ।

अस्पतालले मृतकका आफन्तलाई मृत्युको कारणबारे खुलाएको छैन । यता प्रतिष्ठानका फिजिसियन डा. जितनारायण यादवले आइतबार दिउँसोसम्म बिरामीमा सुधार आएको तर साँझ आफ्नो डयुटी नभएका कारण मृत्युबारे आफुले केही भन्न नसक्ने जवाफ दिए ।

उनले भने, ‘अत्याधिक पखालाका कारण कहिलकाँही यस्तो हुन्छ ।

मैले हिजो दिउँसोसम्म उहाँलाई हेर्दा सुधार हुँदै थियो । सोमबार बिहान उनको मृत्यु भएछ । यसबारे मलाई थप जानकारी छैन ।’
घटनापछि प्रतिष्ठान परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

मृत्युलाई लिएर कुनै किसिमको आन्दोलन गर्न नदिने प्रहरीले जनाएको छ ।

विगत १० दिनमा जनरल वार्डमा ६ जना र पछिल्लो ३ महिनामा आकस्मिक वार्डमा १८ जना बिरामीले ज्यान गुमाएका छन् । यसलाई अस्पताललाई प्रशासनको असावधानी र कमजोर गुणस्तरको सेवाको परिणामका रुपमा लिइएको छ ।

Last modified on 2019-06-25 15:13:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts