औषधि अभावबारे ७ दिनभित्र जानकारी दिन औषधि व्यवस्था विभागको आग्रह



Download our app to get more features

काठमाडौं, ३ साउन । औषधि व्यवस्था विभागले अभाव औषधिबारे जानकारी गराउन देशभरका चिकित्सकहरूलाई आग्रह गरेको छ ।

 पछिल्लो समय मानिस तथा पशुपंक्षीको उपचारमा आवश्यक कतिपय औषधि अभाव भएर चिकित्सहरुलाई समस्या भएको गुनासो आउन थालेपछि विभागले ७ दिनभित्र जानकारी गराउन आग्रह गरेको हो । 

विभागले शुक्रबार एक सूचना जारी गर्दै  के कस्ता औषधि अभाव भएको हो सो औषधिबारे जानकारी दिन देशभरका सबै चिकित्सकहरूमा आग्रह गरिएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । 

औषधि अभावबारे जानकारी गराउँदा पनि  विभागले गम्भीरतापूर्वक नलिदाँ चिकित्सकहरुले उपचारमा कठिनाई झेल्दै आउनुपरेको आरोप विभागमाथि लागेको थियो ।  
यसैबीच औषधि अभावबारे विभागको ध्यानाकर्षण भएको क्षेत्रीले बताए । 

उअभाव औषधिबारे खुलाएर चिकित्सकहरूले विभागको इमेल वा केन्द्रीय कार्यालयमा सोझै सम्पर्क राखेर जानकारी दिनसक्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । 

यस्तो छ विभागले सार्वजनिक गरेको सूचना

Last modified on 2019-07-21 06:11:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts