गर्भावस्थामा ढाड बढी दुख्यो भने अपनाउनुस् यी उपाय...



Download our app to get more features

महिलाका लागि गर्भावस्था संवेदनशील समय हो । यो अवस्थामा अन्य सामान्य अवस्थामा भन्दा बढी स्वास्थ्य समस्याहरू आउन सक्छ । जसले गर्दा गर्भवतीको ज्यानै खतरामा पनि पर्न सक्छ । गर्भावस्थामा देखिने प्रमुख समस्या मध्ये ढाड दुख्ने पनि एक हो । गर्भावस्थामा किन ढाड बढी दुख्छ ? यसबाट जोगिन के गर्ने ? भन्ने विषयमा हाड जोर्नी विशेषज्ञ डाक्टर गणेशबहादुर गुरुङको भनाइ यस्तो छ ।
करिब ५० प्रतिशत गर्भवतीमा ढाड दुख्ने समस्या हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । कतिपय गर्भवतीलाई सामान्य रुपमा ढाड दुखाई हुन्छ भने कतिपयलाई धेरै पीडा हुने गरेको पाइन्छ ।
 
यसकारण गर्भावस्थामा धेरै ढाड दुख्छ 

  • क्याल्सियम, आइरनको कमी । 
  • गर्भावतीको शारीरिक संरचनामा परिवर्तन आउनु । 
  • गर्भवतीको तौल बढी हुनु ।
  • पेटको आकार बढ्नु, पेटको गोलाईको तालमेल नमिल्दा यसको असर ढाडमा पर्छ र दुख्छ । 
  • पोस्चर नमिल्नु ।
  • धेरै समय सुत्नु ।

गर्भावस्थामा आमाको मात्र नभएर पेटमा रहेको बच्चाको समेत उत्तिकै ख्याल गर्नु पर्ने हुन्छ । सामान्यतया यस अवस्थामा देखिएका सामस्या बच्चा जन्मिएसँगै आफै हटेर जान्छ । केही महिलामा यो समस्या पछिसम्म पनि रहन पनि सक्छ । 

बच्ने उपाय 

  • चिकित्सकको सल्लाह बमोजिम आवश्यक क्याल्सियम र आइरन खाने ।
  • पौष्टिक आहारयुक्त सन्तुलित खाना खाने ।
  • पोस्चर मिलाएर बस्ने ।
  • शरीरको एक खुट्टा वा कुनै एक अंगमा मात्र बढी भार पर्ने काम गर्नु हुर्दैन् ।
  • निहुरिएर काम गर्दा घुँडा खुम्चाएर मात्र निहुरिने ।  
  • सुत्दा वा बस्दा बच्चालाई असर नगर्ने गरि बस्ने ।
  • धेरै बेर उभिने, सुत्ने वा हिडडुल गर्नु हँुदैन् ।
  • शरीरलाई बढी बल पर्ने काम नगर्ने ।
  • हल्का शारीरिक कसरत गर्ने । 
  • दुखाई बढी भए स्वास्थ परीक्षण गराउने ।

 

Last modified on 2019-09-02 14:20:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts