एसिड आक्रमणबाट घाइते मुस्कानको शल्यक्रिया आज



Download our app to get more features

काठमाडौं, २२ भदौ । एसिड आक्रमणबाट घाइते भएकी विरगञ्ज छपकैयाकी मुस्कान खातुनको आज शल्यक्रिया हुँदैछ । 

गत शुक्रबार विद्यालय जाने क्रममा २ जना व्यक्तिले उनीमाथि एसिडले आक्रमण गरेपछि मुस्कानको दाहिने पट्टिको अनुहार, छाती र हात जलेको छ । 

घाइते मुस्कानको काठमाडौंको किर्तिपुर अस्पतालमा अहिले उपचार भइरहेको छ । शुक्रबारै अस्पताल पुर्याइएको उनको आज शल्यक्रिया गर्ने उनको उपचारमा संलग्न डा.शंकरमान राईले बताए ।

उनको अवस्था चिन्ताजनक नरहेपनि घाउको गहिराई हेरेर मात्रै थप उपचार प्रक्रिया अघि बढाइने बताए । 

आर्थिक अवस्था कमजोर भएका मुस्कानको परिवारचलाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । छोरीको उपचार प्रक्रिया लामो हुने भएकोले यति नै खर्च लाग्छ भनेर यकिन गर्ने अवस्था नरहेको मुस्कानका बुबा रसुल अलि अन्सारीले बताए । 

यता, प्रदेश सरकारले ५ लाख उपचार खर्च दिने भनेपनि अहिले सम्म कुनै जानकारी नभएको अन्सारीको भनाइ छ ।

Last modified on 2019-09-09 08:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts