शरीरका यी अंगलाई छोइराख्ने बानी छ भने संक्रमण हुन सक्छ



Download our app to get more features

मानव शरीरका केही अंगलाई सकेसम्म नछुनु राम्रो हुने विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार यस्ता अंगमा पटक पटक छुनाले समस्या उत्पन्न हुन सक्छ । पटक पटक हात लगाउनाले यस्ता समस्या देखिन सक्छ:—

कान 
कतिपयको कानमा बारम्बार औँला वा अन्य वस्तु पसाउने बानी हुन्छ । केक स्कूल अफ् मेडिसिन अफ यूएससीका हेड एन्ड नेक सर्जरी प्रमुख एवं प्रोफेसर जोनका निपार्कोका अनुसार कानमा औँंला वा अन्य वस्तु पसाउँदा कानको झिल्ली फुट्न सक्छ ।

अनुहार
छाला रोग विशेषज्ञ डा. नासिर अहमदका अनुसार अनुहारमा हात क्रिम लगाउँदा वा अनुहार सफा गर्दा मात्रै पु¥याउनु पर्छ । त्यसबाहेक हातलाई अनुहारबाट टाँढै राख्नु् । किनकी हातमा किटाणु सहजै पुग्न सक्छन । त्यही हात अनुहारमा राख्दा बिरामी पर्ने सम्भवना हुन्छ । त्यति मात्र नभई अनुहारमा अनेक संक्रमण पनि हुने खतरा बढ्छ । 

नितम्ब
हार्बर भ्यू मेडिकल सेन्टरको आफ्टर केयर क्लिनिकको मेडिकल डायरेक्टर एमडी पीएचडी जेयर्ड डब्ल्यू क्लेनका अनुसार मलद्वारमा ब्याक्टेरिया हुन्छ । मलद्वारको आसपासमा हात लगे पनि ब्याक्टेरिया संक्रमण हुनसक्छ । यदि नितम्बमा छोए पनि तत्काल हात राम्रोसँग धोई हाल्नु पर्छ । अन्यथा रोगजन्य किटाणुले आक्रमण गर्न सक्छ ।

आँखा
आँखामा केही पस्यो भने सफा पानीले धुनु नै राम्रो हुन्छ । आँखामा कुनै वस्तु बिझेमा त्यस्तो बेला हातले मिच्नु हुँदैन । किनकी हात विभिन्न संक्रमणयुक्त वस्तुको सम्पर्कमा हुन्छ । त्यस अवस्थामा आँखा छोए आँखामा संक्रमण हुने सम्भावना बढेर जान्छ । जसले आँखामा इन्फेक्सन हुन सक्छ । 

मुख
लण्डनमा हालै गरिएको एक अध्ययन अनुसार जब मानिस काम गर्दा गर्दै थकित हुन्छन् त्यस समय एक घण्टामा औसत १३.६ पटक आफ्नो औंला मुखमा वा मुख वरपर राख्ने गर्छन् । व्यस्त हुने अवस्थामा मानिसले ६.३ पटक सम्म यस्तो गर्छ । यसरी मुखमा वा मुख वरपर औंला लैजानाले शरीरमा विभिन्न प्रकारका जिवाणुले एक तिहाईसम्म प्रवेश गर्ने अध्ययनको रिपोर्टमा उल्लेख । 

नङ मुनिको छाला 
नङ मुनिको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया हुन्छन् । ब्रिटिश छाला रोग केन्द्रका छाला रोग सल्लाहकार डेभिड डे बर्करका अनुसार नङ सँधै सानो हुनु पर्छ, जसले गर्दा नङ मुनिको छालामा ब्याक्टेरिया कम हुन्छ । साथै नङमा भएको फोहोर सफा गर्न सँधै नेल ब्रशको प्रयोग गर्नुपर्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-09-11 15:42:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts