मलद्वार वरपर घाउ आए वेवास्ता नगरौं, फिस्टुला पनि हुन सक्छ



Download our app to get more features

पायल्स, फिस्टुला गुप्तांगमा लाग्ने रोग हुन् । यी रोगहरुले धेरैलाई पीडा शारीरिक तथा मानसिक पिडा दिइरहेको हुन्छ । 

हाम्रो समाजमा अझै पनि गुप्ताअंगहरुमा लाग्ने रोगबारे खुलेर कुरा गर्न हिच्किचाउने गरिन्छ । यस्तो प्रवृतिले पनि गुप्तांगका रोगहरु समयमै उपचार नहुँदा जटिलता थपिएको भेटिन्छ । यस्तै रोगमध्ये एउटा हो फिस्टुला । के हो फिस्टुला ? कसरी लाग्दछ ?  र बच्च के गर्ने त ? विशेषज्ञ डाक्टर अरुण कुमार कर्णको सुझाव यस्तो छ ...

मलद्वार वरपर देखिने रोग मध्ये फिस्टुला पनि एक हो ।  मलद्वार वरिपरीको छालामा एक नली आकारको घाउ देखिन्छ । जसको बाहिरी मुख मलद्वारको बाहिरी छालामा हुन्छ भने भित्री मुख मलद्धार भित्र मल सञ्चय हुने ठुलो आन्द्रामा पुगेको हुन्छ । सामान्यतया, यो लामो नली आकारमा देखिन्छ जसलाई नै फिस्टुला भनिन्छ ।

फिस्टुला हुने कारण :

  • यसको प्रमुख कारण भनेकै दिशा गरिसकेपछि मलद्वार  राम्रोसँग सफा नगर्नु हो ।
  • फोहोरका कारण मलद्वार बढी चिलाउने गर्नु ।
  • मलद्वारमा विभिन्न संक्रमण हुनु ।
  • मलद्वार वरपर पिलो ,ठेउला पटक – पटक आउनु । जसले गर्दा पिलो ठेउला पाकेर फुट्छ अनि फोहोर पिप बग्दछ जसका कारण मलद्वारमा संक्रमण भई फिस्टुला आउँछ ।
  •  टि .बि, सिफिलिज जस्ता रोग लागेका बिरामीलाई फिस्टुला हुने संभावना बढी हुन्छ । 

फिस्टुलाका लक्षण :

  • मलद्वार वरपर सानो घाउ जस्तो देखिने ।
  • फिस्टुलाको बाहिरी मुखबाट समय– समयमा पिप निस्कने ।
  • मलद्वार चिलाउने,दुख्ने ।
  • बस्न अप्ठ्यारो महसुश हुने ।
  • मलद्वारमा पानी बगे जस्तो असजिलो हुने ।

फिस्टुला हुँदा धेरै दुखाई वा पीडा नभए पनि यसलाई सामान्य रुपमा लिनु हुदैन् । यो रोगको बेवास्ता गर्दा अन्ततः मलद्वारभित्र संक्रमण भई अन्य रोग लाग्ने संभावना रहन्छ । 

यस रोगका कुनै पनि लक्षण देखिनासाथ चिकित्सककोमा परीक्षण गराई हाल्नुपर्छ । समय मै उपचार गर्दा यो रोग पूर्ण रुपमा ठीक हुन्छ ।

Last modified on 2019-11-15 14:59:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts