कोरोना रोकथामका लागि ६ अर्ब बजेट विनियोजन



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले कोरोना  उपाचारका लागि स्वास्थ्य सामाग्री खरिदका लागि ६ अर्ब बजेट छुट्याइएको छ । विहीबार अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा संसदमा पेश गरेको  आर्थिक वर्षको २०७७/७८ को बजेटमा कोरोना रोकथामका लागि ६ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

यस्तै उनले सबै स्वास्थ्यकर्मीलाई पाँच लाखकोे बीमा गरिदिने घोषणा पनि गरे । सागै एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरे। सो क्रममा उनले २ सय ७२ स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल खोल्ने पनि जनाए। यी अस्पतालका लागि १४ अर्ब २७ करोड विनियोजन गरेको जनाए । 

४० प्रतिशत नागरिकको बीमा
मन्त्री खतिवडाले सबै स्थानीय तहका ४० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उदेश्यसहित सातअर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए । उनले आगामी तीन वर्षभित्र सबैको स्वास्थ्य बीमा गरिसक्ने समेत जानकारी दिए ।

Last modified on 2020-05-28 16:49:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts