कोरोना भाइरस वुहानस्थित जंगली जनावरको मासु बजारबाट फैलिएको होइन : चीन 


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

एजेन्सी, १८ जेठ । चीन सरकारले विश्वभर फैलिएको कोरोना भाइरस वुहानको जंगली जनावरको मासु बजारबाट नफैलिएको बताएको छ । चीनको केन्द्रीय रोग नियन्त्रण एवं रोकथामका निर्देशक गाओ फू ले वुहानमा रहेको जंगली जनावरको बजारबाट कोरोना भाइरस संक्रमण नफैलिएको दावी गरेका छन् । 

सुरुमा समुद्री खाद्यपदार्थको बजारबाट कोरोना भाइरस फैलिएको हुन सक्ने अनुमान गरिएको भए पनि त्यहाँ पहिलेदेखि नै कोरोना भाइरस रहेको उनको भनाइ छ । गाओले कोरोना भाइरसलाई लिएर विभिन्न मुलुकले चीनमाथि भाइरस फैलाएको आरोप लगाए पनि त्यसको सत्यता पत्ता लगाउन चीन सरकार आफै सक्रिय भएर अनुसन्धानमा जुटेको बताए । 

vayoda

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको उत्पतिबारे अहिले विभिन्न क्षेत्रबाट अनुसन्धान जारी छ ।

Hamro Doctor
Last modified on 2020-05-31 15:09:35

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts