कोरोना भाइरस वुहानस्थित जंगली जनावरको मासु बजारबाट फैलिएको होइन : चीन

एजेन्सी, १८ जेठ । चीन सरकारले विश्वभर फैलिएको कोरोना भाइरस वुहानको जंगली जनावरको मासु बजारबाट नफैलिएको बताएको छ । चीनको केन्द्रीय रोग नियन्त्रण एवं रोकथामका निर्देशक गाओ फू ले वुहानमा रहेको जंगली जनावरको बजारबाट कोरोना भाइरस संक्रमण नफैलिएको दावी गरेका छन् ।
सुरुमा समुद्री खाद्यपदार्थको बजारबाट कोरोना भाइरस फैलिएको हुन सक्ने अनुमान गरिएको भए पनि त्यहाँ पहिलेदेखि नै कोरोना भाइरस रहेको उनको भनाइ छ । गाओले कोरोना भाइरसलाई लिएर विभिन्न मुलुकले चीनमाथि भाइरस फैलाएको आरोप लगाए पनि त्यसको सत्यता पत्ता लगाउन चीन सरकार आफै सक्रिय भएर अनुसन्धानमा जुटेको बताए ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको उत्पतिबारे अहिले विभिन्न क्षेत्रबाट अनुसन्धान जारी छ ।
Last modified on 2020-05-31 15:09:35