अपडेट

चीनमा दोस्रो चरणको कोरोना महामारीको संकेत, बेइजिंगमा संक्रमित बढ्दै

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ३२ जेठ । चीनमा कोरोना भाइरस महामारीको दोस्रो चरणको संकेत देखिएको छ । चीनको राजधानी बेइजिंगको एउटा बजारबाट कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बजार नै बन्द गरिएको छ । बेइजिंगमा पछिल्लो केहिदिनदेखि १२ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखि सकेको छ । बेइजिंगको शीफादीथोक बाजारमा दस हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । यस बजारबाट बेइजिंगको ८० प्रतिशत क्षेत्रमा सामान निर्यात गर्छ ।राजधानी बेइजिंगमा कोरोना संक्रमित बढ्न थालेपछि त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ रजागिलानीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार उनका छोरा कासिम गिलानीले ट्वीट गरेर यो कुराको जानकारी दिएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानी बिहीवार रावलपिन्डीमा एनएबीको सुनवाईमा सहभागि भएका थिए । गिलानी विरुद्ध भ्रष्टाचारको मुद्दामा सुनुवाई जारी छ । तर उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई हाललाई अदालतमा पेश नहुन छुट दिने भएको छ ।
 
यसैबीच, पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफरीदीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले ट्वीट गरेर आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् । 

ईरानका राष्ट्रपति हसन रूहानीले स्वास्थ्य सम्बन्धी नियम नमानेपछि फेरि लकडाउन जारी गर्ने चेतावनी दिएका छन् । उनले सरकारले बनाएको स्वास्थ्य सम्बन्धी नियमलाई बेवास्ता गरे र लापरबाही अपनाए मुलुकमा फेरि लकडाउन जारी गर्ने चेतावनी दिएका हुन् । ईरानले अप्रिल महिनादेखि मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाएको छ । लकडाउनमा खुकुलो दिएको केहि समयपछि नै इरानमा कोरोना संक्रमित पुनः तीव्र गतिमा फैलिन थालेको छ । इरानमा एक लाख ८५ हजारभन्दा बढी संक्रमित भइसकेको छ भने ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको महामारीमाथि नियन्त्रण गर्नमा असफल भएपछि चिलिका राष्ट्रपति सेबेस्टियन पिनयेराले स्वास्थ्यमन्त्रीलाई पदबाट हटाएका छन् । उनले स्वास्थ्य मन्त्री खाएमे मान्यालिचको राजीनामाको घोषणा गरेका हुन् । विपक्षी दलले स्वास्थ्य मन्त्रीलाई पहिले नै राजीनामा दिनु पर्ने भन्दै माग गर्दै आएका थिए । नयाँ स्वास्थ्य मन्त्री एनरिक पेरीले महामारीबाट लड्नका लागि विपक्षी दलको सुझावको आधारमा काम गर्ने विश्वास दिलाएका छन् । चिलीमा हालसम्म कोरोना भाइरसका कारण तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् ।
 
कोरोना भाइरसको खोप यो वर्षको अन्त्यसम्ममा विकास भइसक्ने युरोपले दावी गरेको छ । युरोपको इन्क्लूसिभ भ्याक्सिम अलायन्सले औषधि बनाउने कम्पनी एस्त्राजेनेकासँग खोप बनाउनका लागि सम्झौता गरेकोे छ । यस अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्ड्स गरिरहेको छ । शनिवार जर्मन सरकारले सम्झौताको अनुसार कम्पनीले भ्याक्सिन बन्नासाथ यसको ४० करोड डोज युरोपका लागि दिने छ । यो भ्याक्सिन युरोपीय संघका सदस्य देशहरुलाई दिनेछ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप भेन्टिरलेटरमा रहेका कोरोना संक्रमितमाथि परीक्षण सुरु गरिसकेको छ ।

पेरूमा एक डाक्टरले मानिसहरुलाई कोरोना भाइरसबाट बच्नका लागि क्लोरीन डायअक्साइड सेवन गर्न सल्लाह दिएपछि उनलाई पदबाट बर्खास्त गरिएको छ । डाक्टर अमीलकार वान्कावारी कोरोना भाइरस महामारीबाट लड्नका लागि बनाइएको दक्षिणी प्रान्त आयाइचोको रिस्पोन्स टीमका प्रमुख डाक्टर अमीलकारले क्लोरीन डायअक्साइड सेवन गर्नका लागि मानिसहरुलाई सेवन गर्न भनेका थिए । 

विश्वभर फैलिएको नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर संक्रमित हुनेको संख्या ७८ लाख ६० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वभर ४ लाख ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमि भएकामध्ये झन्डै ४० लाख ३५ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-06-14 08:48:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts