अपडेट

हाइड्रोक्सीक्लोरोक्विन औषधि प्रयोगमा अमेरिकाले लगायो रोक

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, २ असार । अमेरिकाले कोरोना भाइरसको उपचारका लागि अनुमति दिएको हाइड्रोक्सीक्लोरोक्विन नामक औषधिमाथि रोक लगाएको छ । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले मलेरिया रोगका लागि प्रयोग हुने यो औषधिको क्लिनिकल परीक्षणमा नतिजा खतरनाक आएको भन्दै औषधिको प्रयोगमा रोक लगाइएको बताएको छ । हाइड्रोक्सीक्लोरोक्विन औषधि खतरनाक भाइरसबाट जोगाउनमा प्रभावकारी नभएको र जो संक्रमित छैनन् तीनलाई संक्रमणबाट जोगाउनमा पनि उपयोगी नभएको पत्ता लागेको एफडीएले बताएको छ । गत मार्चमा एफडीएले गम्भीर किसिमका रोगीलाई यो औषधि प्रयोगका लागि अनुमति दिएको थियो । 

भारतमा लगातार पाँचौ दिन १० हजारका दरले कोरोना भाइरसका कारण संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा १० हजार ६ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २४ घन्टामा ३ सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
 
कोरोना भाइरस मुक्त भनेर घोषणा गरिएको न्यूजील्याण्डमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला परेको छ । झन्डै एक महिनापछि न्यूजिल्याण्डमा पहिलो पटक कोरोना भाइरसका कारण मानिसहरु संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार न्यूजिल्याण्डका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमित दुबैजना व्यक्ति बेलायतबाट आएको र उनीहरु मृत व्यक्तिको अन्त्येष्ठिमा सहभागि भएको बुझिएको छ । न्यूजिल्याण्ड सरकारले गत साता मात्रै आफूलाई कोरोना भाइरस मुक्त भनेर घोषणा गरेको थियो । न्यूजिल्याण्डमा नयाँ संक्रमित फेला परेपछि कडाई गरिएको छ । 

सिंगापुरमा लकडाउनमा छुटको घोषणा
सिंगापुरको स्वास्थ्य मन्त्रालयले मुलुकमा जारी लकडाउनमा छुट दिने घोषणा गरेको छ । कोरोना महामारीलाई ध्यानमा राखि लगाइएको लकडाउन शुक्रवारदेखि खुकुलो हुने भएको छ । अब पसल, रेस्टुरेन्ट खोलिने र ५ जना व्यक्तिलाई जम्मा हुन पाउनेछन् ।

कोरोना संक्रमणलाई ध्यानमा राखि बेइजिंगमा कडाईं
चीनको राजधानी बेइजिंगमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कडाईं गरिऐको छ । बेइजिंगको विभिन्न क्षेत्रमा स्कुलहरु बन्द गरिएको छ भने सुरक्षा निगरानी पनि बढाइएको छ । चीनको राजधानी बेइजिंगमा पछिल्लो समय ४० का दरले कोरोना संक्रमित थपिँदै गएका छन् ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ । अमेरिकी विश्वविदालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण ८१ लाख १८ हजार नाघिसकेको छ । यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार नाघेको छ भने ४२ लाख ३१ हजारभन्दा बढी स्वस्थ भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts