अपडेट

विश्वका यी देश जहाँ कोेभिड-१९ ले सबैभन्दा बढी मानिसले ज्यान गुमाए



Download our app to get more features

एजेन्सी, १ असार । घनाका स्वास्थ्यमन्त्री क्वाकु एग्येमन मेनुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतवार स्वास्थ्यमन्त्री क्वाकुले आफू कोरोना भाइरसका कारण संक्रमित भएको बताएका छन् । साथै आफ्नो स्वास्थ्य स्थिति हाल स्थिर रहेको पनि उनले जनाएका छन् । कामको क्रममा स्वास्थ्यमन्त्री क्वाकुले राष्ट्रपति सहितका अन्य उच्चपदस्थ व्यक्तिलाई भेटेका थिए । घनामा हालसम्म १२ हजारभन्दा बढी कोरोना भाइरसका कारण संक्रमित भइसकेको छन् भने ५४ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो
ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ हजार नाघेको छ । विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ हजार ३ सय ३० पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ लाख ६७ हजार ६ सयभन्दा बढी पुगेको छ ।

विश्वका यी छ देश जहाँ कोरोनाको कारणले सबैभन्दा बढी मृत्यु भएको छ :
अमरीका – १ लाख १५ हजार ७ सय ३०
ब्राजिल – ४३ हजार ३ सय ३०
बेलायत – ४१ हजार ७ सय ८३
इटली –  ३४ हजार ३ सय ४५ 
फ्रान्स – २९ हजार ४ सय १०
स्पेन – २७ हजार १ सय ३६

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोना विरुद्धको लडाईं जितेको भन्दै मुलुकमा जारी लकडाउन हटाउने बताएका छन् । आइतवार देशवासीको नाममा सम्बोधन गर्दै उनले मुलुकको तीन महिनादेखि जारी लकडाउनलाई हटाउने र अर्थ व्यवस्थालाई सुधार गर्ने तयारी गरिएको बताए । उनले आजबाट युरोपीय संघको सेञ्जेन जोनमा रहेका मुलुकसँगको सीमानाका खुल्ला गर्ने पनि बताए । यस्तै पेरिसमा बार र रेस्टुरेन्टहरु खोल्ने अनुमति दिएको र २२ जुनदेखि अनिवार्य रुपमा विद्यालयहरु खोलिने पनि बताए ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ७९ लाख ९० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर ४ लाख ३छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएकामध्ये ४१ लाख ८ हजारभन्दा बढी स्वस्थ भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts