भारतमा लगातार चौथों दिन पनि १० हजार भन्दा बढी कोरोना संक्रमित थपिए



Download our app to get more features

एजेन्सी, १ असार । भारतमा लगातार चौथों दिन १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हिजो आइतबार एकैदिन भारतमा ११ हजार पाँच सय दुई जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या तीन लाख ३२ हजार नाघेको छ । यस्तै हिजो एकै कोरोना भाइरसका कारण संक्रमितमध्ये तीन सय १५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार पाँच सय २० पुगेको छ भने संक्रमित भएकामध्ये एक लाख ५३ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

चीनमा फेरि देखिन थाल्यो कोरोना
चीनमा लगातार दोस्रो दिन कोरोना भाइरसका ४९ संक्रमित भेटिएका छन् । चीन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनमा ४९ जना नयाँ कोरोना संक्रमित फेला परेकोमा ३६ जना राजधानी बेइजिंगका छन् ।
बेइजिंगमा लगातार दोस्रो दिन कोरोना भाइरसका कारण संक्रमितको संख्या ३० को दरले थपिएको छ । यसअघि शनिवार पनि ३० जना कोरोना संक्रमित फेला परेका थिए । समाचार संस्था एएफपीका अनुसार बेइजिंगको हेडियान क्षेत्रमा थोक बजारबाट संक्रमण फैलिएको भन्दै बजार र अन्य क्षेत्रलाई बन्द गरिएको छ । चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय राजधानी बेइजिंगमा फैलिन थालेपछि त्यहाँ दोस्रो चरणको महामारीको आशंका गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts