थप ५८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ सय नजिक



Download our app to get more features

काठमाडौं, १९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ८ बजेसम्म नेपालमा थप  ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

दाङमा ११ वर्षिय बालिकासहित ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको विज्ञप्त अनुसार संक्रमति ९ जना नै घोराही उपमहानगरपालिकाका रहेका छन् । रामपुर क्वारेन्टाइनमा रहेका घोराही उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षिय पुरुष, ११ वर्षिय बालिका, वडा नम्बर २ का १९, २६, ४०, ४५, ४६ वर्ष उमेर समुहका ४ जना पुरुष र एक जना महिला रहेका छन् । त्यसैगरी वडा नम्बर ५ का ५३ वर्षिय पुरुष र वडा नम्बर १७ का २० वर्षिय पुरुष रहेका छन् । संक्रमति सबै जना भारतबाट आएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यससँगै दाङमा कोरोजा संक्रमितको संख्या ४३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक जनस्वास्थ्य प्रयोगशला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संक्रमित १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

यस्तै कर्णाली प्रदेशमा सोमबार साँझ थप ३५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९÷९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । 

यता, हेटौडाको ल्याबमा गरिएको परीक्षणमा बारा देवताल गाँउपालिकाको १८ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दवबताल गाँउपालिकाको ४३ जना पुरुष र २ जना महिला गरी ४५ जनाको पिसिआर परीक्षण गर्दा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । हालसम्म प्राप्त विवरण अनुसार उनलाई आईसोलेसनमा लैजाने तयारी हँुदैछ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ सय ५६ पुगेको छ भने ८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

यसैबीच, पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा सोमवार एक जनाको मृत्यु भएको छ । पोखराको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षका खड्कबहादुर कार्की हुन् । २ हप्ताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो आएपछि उनी उपचारका लागि पोखरा आएका थिए । क्वारेन्टिन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पताल प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य प्रतिष्ठानकाको प्रयोगशालामा पठाएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

Last modified on 2020-06-02 15:39:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts