अपडेट

कोरोना भाइरसका कारण भारतमा पहिलो पटक एकैदिन २ हजारको मृत्यु

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ३ असार । भारतमा कोरोना भाइरसको संक्रमणका कारण पहिलो पटक एकैदिन २ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार एकैदिन भारतमा कोरोना भाइरसका कारण २ हजार भन्दा बढीको मृतयु भएको हो । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ । यस्तै कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै कोरोनाका कारण १ लाख १३ हजारभन्दा बढी संक्रमित भएका छन् । 

ब्राजिलमा २४ घन्टामा ३४ हजार नयाँ संक्रमित थपिए
ब्राजिलमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ३४ हजार ९ सयभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ लाख २३ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घन्टामा १२ सय ८२ जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ हजार २ सय नाघेको छ । ब्राजिल अमेरिकापछिको दोस्रो कोरोना प्रभावित मुलुक हो । 

चीनको राजधानी बेइविजिंगमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको छ । बेइजिंग प्रशासनका अनुसार कोरोना संक्रमण उच्च जोखिममा प्रवेश गरिसकेको छ । दिनकै ४० देखि ५० का दरले कोरोना संक्रमित थपिँदै गएपछि बेइजिंगका विभिन्न क्षेत्रमा लकडाउन जारी गरिएको छ ।

फ्रान्सका स्वास्थ्यकर्मीमाथि प्रहरीले अस्रु ग्यास प्रहार गरेको छ । स्वास्थ्यसँग सम्बन्धीत मागलाई लिएर आन्दोदलनमा रहेका स्वास्थ्यकर्मीमाथि प्रहरीले अस्रु ग्यास प्रहार गरेको हो । फ्रान्सका स्वास्थ्यकर्मीहरुले कोरोना महामारीका साथै स्वास्थ्य क्षेत्रमा लगानी बढाउन माग गर्दै आन्दोलित भएका छन् ।
 
संयुक्त राष्ट्र संघले ल्याटिन अमेरिकामा कोरोना भाइरसका कारण भोकमरी उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेको छ । संघले दक्षिणी र मध्य अमेरिका तथा क्यारिबिअयन मुलुकहरुमा कोरोना भाइरसका कराण चार करोड जनसंख्यामा भोकमरी र खाद्य असुरक्षाको खतरा बढ्ने बताएको छ  ।

इटलीमा कोरोना भाइरसका कारण मंगलवार ३४ जनाको मृत्यु भएको छ । यसअघि सोमवार २६ जनाको मृत्यु भएको थियो । तर, संक्रमितको संख्या भने कम रहेको छ । सोमवार कोरोना भाइरसका कारण ३ सय ३ जना संक्रमित भएका थिए भने मंगलवार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । 

अमेरिकाको ६ राज्यमा कोरोना भाइरसका कारण संक्रमित हुनेको दरमा वृद्धि भएको छ । टेक्सास, फ्लोरिडा, ओकलाहोमा, एरिजोन, नेवाडा र ओरेगनमा मंगलवार हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका हुन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कुनै राज्यमा संक्रमण नबढेको दावी गरेका छन् । अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना संक्रमित मुलुक हो । जहाँ हालसम्म २२ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ८२ लाख ६४ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म ४ लाख ४६ हजारभन्दा बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने संक्रमित भएका मध्ये ४३ लाख २१ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-06-17 11:52:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts