राप्ती प्राविधिक शिक्षालयमा चार स्थानीय तहको संयुक्त आइसोलेसन सेन्टर


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

दाङ, ३० जेठ । दाङको राप्ती गाँउपालिका– ३ मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन सेन्टर निर्माण सम्पन्न भएको छ । देउखुरी उपत्यका अन्तर्गतका चार स्थानीय तहको संयुक्त पहलमा कोरोना संक्रमितहरुलाई राख्न आसोलेशन सेन्टर निर्माण भएको राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । 

शुक्रबारबाट सञ्चालनमा आएको सेन्टरमा पहिलो चरणमा राप्ती गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीले सेवा दिएको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरका मेसु डा. पुष्प भुसालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा राप्ती गाउँपालिकाका एक जना मेडिकल अफिसर, तीन जना नर्स, तीन जना प्यारामेडिक, एक जना ल्याब टेक्निसियन र दुई जना कार्यालय सहयोगी रहेका छन् । ‘एक चरणमा १० जना स्वास्थ्यकर्मी रहने छन्’ डा. भुसालले भने ‘हरेक गाउँपालिकाका १०–१० जना स्वास्थ्यकर्मी रहने गरी ४० जना स्वास्थ्यकर्मी तयार पारेका छौं ।’

vayoda

राप्ती गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीले सेन्टरमा एक हप्ता काम गर्नेछन् । एक हप्तापछि उनीहरु १४ दिन क्यारेन्टाइनमा बस्ने छन् भने एक हप्ता विदामा बस्ने मेसु डा भुसालले बताए । 
यसरी क्रमिक रुपमा देउखुरीका लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । आइसोलेसन सेन्टरको नेपाली सेनाले निमार्ण गर्नुको साथै सुरक्षा सेमत दिनेछ । 

आइसोलेशन सेन्टरमा ६ जना उपचारत 
कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा पहिलो दिन शुक्रबार ६ जना कोरोना संक्रमितलाई राखिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए । कोरोना संक्रमण पुष्टि भएका राप्ती गाउँपालिका–१ का १२ र ३२ वर्षका पुरुष र ३० वर्षीया महिला, वडा नम्बर ३ का १८ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी वडा नम्बर ४ का २२ वर्षीय पुरुष  छन् । 

भारतबाट आएका ६ जनाको नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए पनि उनीहरुलाई क्वारेन्टाइन मै होल्ड गरी शुक्रवार सेन्टरमा ल्याइएको छ । 
कोरोना विशेष देउखुरी आईसोलेशन सेन्टरमा राखिएका ६ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै पनि शारीरिक समस्या नरहेको मेसु डा. भुसालले जानकारी दिए । 
कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा कोरोना संक्रमित राख्नु पूर्व राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले स्थालगत अनुगमन समेत गरेका थिए ।

Hamro Doctor
Last modified on 2020-06-12 22:28:23

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag